पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने « Khabarhub

पीएम कप क्रिकेट : आज सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस भिड्ने


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब तथा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिम र आर्मीबीचको खेल बिहान सवा ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने छ । जारी प्रतियोगितामा ६ खेल खेलेको सुदूरपश्चिम ८ अंकका साथ पाँचौँ स्थानमा छ । ७ खेल खेलेको आर्मी १० अंक जोडेर चौथो स्थानमा छ ।

यस्तै, गण्डकी र नेपाल पुलिसबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ७ खेलबाट ४ अंक जोडेको गण्डकी आठौँ स्थानमा छ । नेपाल पुलिस ६ खेलबाट १२ अंकका साथ शीर्षस्थानमा छ ।

प्रतियोगितामा सात प्रदेशसहित १० टोली सहभागी छन् ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : २३ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६