अभिभावक ऐना, बालबालिका अनुहार « Khabarhub

अभिभावक ऐना, बालबालिका अनुहार



हामी अरुलाई अर्ति, उपदेश, शिक्षा, ज्ञान, दर्शन आदि कुरा बाँडिरहेका हुन्छौं। आफू जस्तो भए पनि अरुलाई सुधार गर्न खोजिरहेका हुन्छौं। यही कुरा आफ्ना बालबालिकामा प्रयोग गर्ने गरेका छौं तर बालबालिकाले आफ्ना अभिभावकले गरेको राम्रो काम होस् या नराम्रो कुराको सूक्ष्म अवलोकन गरिरहेका हुन्छन्।

अभिभावकले बच्चाको अगाडि जे भनिरहेका छौं सो कुरा गरेनौं भने उनीहरुको अभिभावक प्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ। फलस्वरुप अभिभावकको कुरा नसुन्ने र नटेर्ने हुन्छ।

अभिभावकको क्रियाकलापले बाल मनोविज्ञान ठूलो असर परिरहेको हुन्छ। बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन्। अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन्।

अभिभावकको क्रियाकलापले बाल मनोविज्ञान ठूलो असर परिरहेको हुन्छ। बालबालिकाले अरूले गरेको काम अवलोकन गरेर सिक्ने गर्छन्। अरूले गरेको बानी व्यवहार अवलोकन गरेर उनीहरू पनि त्यसलाई पछ्याउन थाल्छन्। त्यसैले समाजलाई स्वीकार्य नहुने किसिमका व्यवहार बालबालिकाको अघि गर्न नहुने मनोविद्ले बताएका छन्। अभिभावकलाई बालबालिकाले प्रेरणाको स्रोत तथा रोल मोडल मानेका हुन्छन् र उनीहरूले गरेको हरेक कार्य ठीक हो भन्ने उनीहरूको बुझाइ हुन्छ। बालबालिकाको अगाडि अभिभावकले सकारात्मक तथा राम्रो बानी व्यवहार गर्नुपर्छ। अभिभावकले बालबालिकाका अघिल्तिर सावधानी अपनाउनु जरुरी हुन्छ।

बालबालिकाको अघिल्तिर कुरा नकाटौं
कुनै पनि अभिभावकले बालबालिकाको अगाडि अर्काको नकारात्मक कुरा गरिरहेको व्यक्तिलाई बालबालिकाले चिन्छन् भने त्यो व्यक्तिप्रति बालबालिकाको सोच नकारात्मक बन्नसक्छ। अभिभावकले त्यो व्यक्तिको कुरा गर्नुअघि बालबालिकालाई त्यो व्यक्ति राम्रो लाग्थ्यो भने पनि अभिभावकको कुरा पछि उनीहरूलाई त्यो व्यक्ति नराम्रो लाग्नसक्छ। अझबालबालिकालाई पढाउने सर र मिसको नकारात्मक कुरा उनीहरुमा गरेमा ती व्यक्तिप्रति नकरात्मक भावना उत्पन्न हुन्छ। यस्तो भावना उत्पन्न भएमा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्छ। त्यसैले बालबालिकाको अघि अरूको कुरा काट्नु र नराम्रो भन्ने गर्नु हुँदैन।

बालबालिकालाई पढाउने सर र मिसको नकारात्मक कुरा उनीहरुमा गरेमा ती व्यक्तिप्रति नकरात्मक भावना उत्पन्न हुन्छ। यस्तो भावना उत्पन्न भएमा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्छ।

पारिवारिक झगडा
पारिवारिक तथा अभिभावकको झगडाले पनि बालबालिकामा नकारात्मक असर गर्छ र उनीहरुले झगडा गर्न सिक्छन्। अभिभावकले एकअर्कासँग झर्केर ठूलो स्वरले बोल्ने गरेको छ भने बालबालिकाले पनि त्यो कुरा सिक्छन् र अरुसँग झर्किने छिटो रिसाउने खालका व्यवहार देखाउन थाल्छन्। बालबालिकाको यस्तो व्यवहारले साथीसँग झगडा गर्ने, छिटो रिसाउने जस्ता कारणले सामाजिकीकरणमा समस्या उत्पन्न भै सिकाइमा समेत असर पर्न जान्छ र उनीहरू विस्तारै परिवारबाट टाढिँदै जान थाल्छन्। त्यसैले परिवारमा कहिलेकाहीँ मनमुटाब भएमा उनीहरुले थाहा नपाउने गरी समाधान गर्नु पर्दछ।

बालबालिकालाई एक अर्कासँग तुलना
हामी कसैलाई पनि अर्कासँग तुलना गरेको कुरा मन पर्दैन र बालबालिकामा पनि सोही कुरा लागू हुन्छ। प्राय हामी अभिभावकले बच्चालाई अरु कसैको बच्चासँग तुलना गरेर नराम्रा शब्दले गाली गरिरहेका हुन्छौं। यस्तो व्यवहारले अभिभावकप्रति उनीहरुको नकारात्मक धारणा पैदा हुन्छ। प्रत्येक व्यक्तिको क्षमता फरक हुने तर क्षमता सबैसँग हुने हुनाले कसैको क्षमतासँग अभिभावकले आफ्ना बालबालिकालाई तुलना नगर्ने र गर्नैपर्ने भएमा राम्रो तुलना गर्ने व्यक्तिका सफलता प्राप्त गर्दा प्रयोग गर्दाका विधिको बारेमा बताउनु राम्रो हुन्छ।

प्राय हामी अभिभावकले बच्चालाई अरु कसैको बच्चासँग तुलना गरेर नराम्रा शब्दले गाली गरिरहेका हुन्छौं। यस्तो व्यवहारले अभिभावकप्रति उनीहरुको नकारात्मक धारणा बन्छ ।

मदिरापान र धूमपान
बालबालिकाले धूमपान र मदिरा सेवन गर्नु नराम्रो हो भनेर उनीहरूले समाज तथा स्कुलमा सिकेका, पढेका हुन्छन्। अभिभावकले नै सेवन गरेको खण्डमा बालबालिकाले अभिभावकलाई गर्ने सम्मान र हेर्ने दृष्टिकोणमा परिवर्तन आउन थाल्छ। बालबालिकाले अभिभावकले भनेको भन्दा गरेको कुरा छिटो सिक्ने भएकोले र उनीहरुका लागि अभिभावक आदर्श व्यक्ति मानेकाले अभिभावकको नक्कल गर्न थाल्छन्। अभिभावकले नै धूमपान र मद्यपान गर्नुहुन्छ भने मैले गर्दा के हुन्छ र भन्ने मनोविज्ञान बालबालिकामा विकास हुन्छ र कुलततर्फ लाग्न सक्छन्। त्यसैले बालबालिकाको अघि कहिले पनि धूमपान र मद्यपान गर्नु हुँदैन।

झुट बोल्ने बानी
कहिलेकाहीँ व्यवहारिक समस्या समाधान गर्ने सन्दर्भमा झुट बोलिरहेका हुन्छौ र बोल्नै पर्ने पनि हुनसक्छ। आजभोलि त बच्चालाई फोन उठाउन लगाएर बाबा वा मामु हुनुहुन्न बाहिर जानु भएको छ भन्न लगाइरहेका हुन्छौं। अभिभावकको यस्तो व्यवहार बालबालिकाले नजिकबाट नियाली रहेका हुन्छन् र सोही व्यवहार बालबालिकाले टपक्कै टिपेर त्यस्तै व्यवहार गर्न थाल्छन्। त्यसैले अभिभावकले झुट बोल्ने बानीलाई हटाउनुपर्ने हुन्छ। तर व्यवहारिक समस्या समाधान गर्न बोल्नै पर्ने भएमा उनीहरुले थाहा नपाउने गरी गर्नुपर्दछ।

म परिवर्तन नभई हामी परिवर्तन हुन गाह्रो हुन्छ, त्यसैले बालबालिकालाई परिवर्तन गर्न अभिभावकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ।

हामी अभिभावक आफ्ना अभिभावकले कल्पना गरे अनुसार र छोराछोरीका बारेमा देखेको सपना अनुसार भयौं या भएनौ भनेर आत्म मूल्याङ्कन गर्नु भन्दा पनि आफू सफल नभएको सम्पूर्ण दोष अभिभावकलाई लगाएर बालबालिकाको अगाडि आडम्बरका साथ आफ्नो व्यवहार प्रस्तुत गरिरहेका छौं। हाम्रो यस्तो व्यवहार बालबालिकाले नजिकबाट अवलोकन गरिरहेका हुन्छन् र यो व्यवहारबाट अभिभावकले आफ्ना बालबालिकालाई असल बनाउन सकिन्न। म परिवर्तन नभई हामी परिवर्तन हुन गाह्रो हुन्छ, त्यसैले बालबालिकालाई परिवर्तन गर्न अभिभावकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ। अभिभावकले आफ्नो विचार, शब्द, कर्म, व्यवहार र बानीमा सुधार नगरी बालबालिका सुधार गर्छु भन्नु कागतीको बोटमा सुन्तला फलाउँछु भन्नु जस्तै हो।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २९ बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा