शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना | Khabarhub Khabarhub

शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पाँचथर– अभिभावकले बालबालिकालाई अङ्ग्रेजी माध्यममा पठनपाठन हुने विद्यालयतर्फ लैजान थालेपछि पाँचथरको एक विद्यालयका प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यममा पठनपाठन गराउनका लागि अक्षयकोष स्थापना गरेका छन् ।

कुम्मायक गाउँपालिका–१ खाल्डेस्थित  खाल्डे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एगेन्द्रबहादुर खड्का र उनकी श्रीमती एवं सोही विद्यालयका हालका प्रधानाध्यापक गीता खड्काले दुई लाख ५० हजारको  अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयमा हाल कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । अक्षयकोषको ब्याजबाट माथिल्ला कक्षामा समेत अङ्ग्रेजी माध्यममा पठनपाठन गराउन तथा शैक्षिक गुणस्तर सुधार गर्न खड्का दम्पतीले अक्षयकोष स्थापना गरेका हुन् । मातापिताको स्मृतिमा ‘खड्ग पद्म खड्का स्मृति अक्षयकोष’ स्थापना गरिएको हो ।

कतिपय अभिभावकले आफ्ना बालबालिकालाई कक्षा चारदेखि अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा भर्ना गर्ने गरेका छन् । यसलाई रोक्न अक्षयकोष स्थापना गरिएको पूर्वप्रधानाध्यापक खड्काले बताए । ‘जनशक्ति अभावले विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकेको छैन । अक्षयकोषबाट यसका लागि  मद्दत पुग्छ’, उनले भने ।

झण्डै ३७ वर्ष शिक्षण पेशा गर्नुभएका एगेन्द्रबहादुरले गत वैशाख १ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् । त्यसयता उनकी श्रीमती गीता खड्काले विद्यालयको प्रअ बनेर जिम्मेवारी सम्हाल्दै आएकी छन् । खड्का दम्पतीले स्थापना गरेको अक्षयकोष विद्यालयसँगको समझदारी अनुरुप अङ्ग्रेजी माध्यमको विस्तार तथा शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च हुनेछ । अक्षयकोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य रहेको छ ।

        

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’