प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तरक्रिया « Khabarhub

प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तरक्रिया


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तरक्रियामा भाग लिएको थियोे ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने भएकाले चिनियाँ साहित्यलाई नेपाली भाषामा तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले विश्वव्यापी प्रभावबाट नेपाली साहित्यजस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको बताए । नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको कुलपति राईको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले चिनियाँ साहित्यबारे आफू परिचित भएको बताए । तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चीनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको उनले चर्चा गरे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कविताबाट नेपाली साहित्यबारे चर्चा गरे । नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको उनले बताए । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको महत्वलाई आत्मसात् गरेर नवीनतम् साहित्य सिर्जना हुने गरेको सदस्य सचिव सुवेदीको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिव’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा. बालाकृष्ण अधिकारीले अन्तरक्रियामा आ–आफ्नो धारणा राखे ।

नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह गरेका अरनिको समाजका प्रथम उपाध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले अनुवादका माध्यमबाट मात्र सम्बन्धित भाषासँग जोडिएको देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताए ।

चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकनका साथै नेपाली भाषा, साहित्य र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त भएको बताइ ।

उनले कतिपय साहित्यकार साहित्य सिर्जनाको माध्यमबाट चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको उल्लेख गर्दै चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकापसमा तत्पर रहनुपर्ने बताउनुभयो ।

उनले नेपाल र चीन जोड्ने सिल्करोड अर्थात् रेसमी मार्ग अङ्कित मायाको चिह्न कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो ‘रेसमी साहित्यिक यात्रा’ नेपालबाट सुरु भएको बताए ।

प्रतिनिधिमण्डलमा सहभागी चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले ‘नेपाल–चीन साहित्यिक अन्तरक्रिया’ कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : २२ बजे

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा