स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो « Khabarhub

स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरु गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले जनाएको छ ।

स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ । 

जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, ‘हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।’

‘हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं१०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं’ ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्ने पाँचौं राष्ट्र बनेको छ । 

‘२० मिनेटको सन्त्रास’ फैलाएको उक्त यानको इन्जिनमा समस्या आएको र यो निकै खराब कोणमा टुङ्गिएको जाक्साले सार्वजनिक गरेको तस्बिरले देखाएको छ ।

यसको मतलब सौर्य प्यानलहरू सिधा माथि हुनुको सट्टा पश्चिमतर्फ ढल्केको कारण सौर्य प्यानलबाट हुने इन्धन आपूर्ति प्रणालीमा अवरोध आएको थियो । सौर्य प्यानलले काम गरेसँगै उनीहरूले अझै पनि काम गर्न पर्याप्त सूर्यको प्रकाश पाउनेछन् । जाक्साले गत हप्ता स्लिमलाई १२ प्रतिशत इनर्जी बाँकी रहेको अवस्थामा स्विच अफ गरेको बताएको थियो ।

जाक्साका प्रवक्ताले सोमबार एएफपीलाई बताएअनुसार ‘सम्भवतः स्लिमको सौर्य ब्याट्रीमा सूर्यको प्रकाश आपूर्तिभएसँगै यानलाई आवश्यक बिजुली उत्पादन सुरु भएको छ र स्लिमको अनुसन्धान अभियान पुनः शुरू भएको छ । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : ३९ बजे

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ