स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो « Khabarhub

स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रमामा अवतरण गरेको यानको सोर्य प्यानलले काम गर्न शुरु गरेको जापानको अन्तरिक्ष निकाय (जाक्सा)ले जनाएको छ ।

स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन मून (स्लिम) ले आफ्नो सौर्य प्यानलले काम नगरेको घोषणा गरिएको नौ दिनपछि प्यानलले पुनः काम गर्न शुरू गरेको आश्चर्यजनक घोषणाले जापानको अन्तरिक्ष कार्यक्रममा थप प्रोत्साहन मिलेको छ । 

जाक्साले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा ‘टोय पुडल’ भनिने चन्द्रमाको चट्टानको दानेदार तस्बिरसहितको सन्देश पोस्ट गर्दै लेखेको छ, ‘हिजो साँझ हामी स्लिमसँग सम्पर्क स्थापित गर्न सफल भयौं, र अनुसन्धान कार्यहरूलाई फेरि शुरु गरेका छौँ ।’

‘हामीले तत्काल एमबीसीसँग वैज्ञानिक अवलोकन सुरु गर्यौं१०–ब्यान्ड अवलोकनका लागि पहिलो प्रकाश सफलतापूर्वक प्राप्त गरेका छौं’ ल्यान्डरको मल्टिब्यान्ड स्पेक्ट्रोस्कोपिक क्यामेरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ ।

स्लिमको जनवरी २० को चन्द्रमाको अवतरणले जापान संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफल अवतरण’ गर्ने पाँचौं राष्ट्र बनेको छ । 

‘२० मिनेटको सन्त्रास’ फैलाएको उक्त यानको इन्जिनमा समस्या आएको र यो निकै खराब कोणमा टुङ्गिएको जाक्साले सार्वजनिक गरेको तस्बिरले देखाएको छ ।

यसको मतलब सौर्य प्यानलहरू सिधा माथि हुनुको सट्टा पश्चिमतर्फ ढल्केको कारण सौर्य प्यानलबाट हुने इन्धन आपूर्ति प्रणालीमा अवरोध आएको थियो । सौर्य प्यानलले काम गरेसँगै उनीहरूले अझै पनि काम गर्न पर्याप्त सूर्यको प्रकाश पाउनेछन् । जाक्साले गत हप्ता स्लिमलाई १२ प्रतिशत इनर्जी बाँकी रहेको अवस्थामा स्विच अफ गरेको बताएको थियो ।

जाक्साका प्रवक्ताले सोमबार एएफपीलाई बताएअनुसार ‘सम्भवतः स्लिमको सौर्य ब्याट्रीमा सूर्यको प्रकाश आपूर्तिभएसँगै यानलाई आवश्यक बिजुली उत्पादन सुरु भएको छ र स्लिमको अनुसन्धान अभियान पुनः शुरू भएको छ । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १२ : ३९ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव