यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ | Khabarhub Khabarhub

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौंबंगलादेशमा हुने यू-१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत पदाधिकारीले नेपाली टोलीको बिदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् ।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नतिजा ल्याउने विश्वास गरे । 

प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरूले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ । 

नेपालले पहिलो खेल फेब्रुअरी २ मा बंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ०५ बजे

बालिकाको बलात्कार र हत्या अभियोगमा इरानमा एक पुरुषलाई फाँसी दिइयो

एजेनसी – इरानले एक बालिकामाथि बलात्कार र हत्या गरेको अभियोगमा

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल