अबकाे ५ वर्षपछि नेपालमा चिकित्सक पाउन कठिन हुनेछ : मन्त्री बस्नेत « Khabarhub

अबकाे ५ वर्षपछि नेपालमा चिकित्सक पाउन कठिन हुनेछ : मन्त्री बस्नेत


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको ५ वर्षपछि नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् ।

सोमबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरी रहेको समेत बताए ।

उनले कमजोरीहरू हटाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताउँदै देशमा कामै नपाउने अवस्था रहेको बताएका छन् ।

मन्त्री बस्नेतले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको बताए ।

‘मैले सर्सर्ती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । ती कमी कमजोरी हटाएर आगामी दिनमा स्वास्थ्यकर्मीहरू बढ्न जरुरी छ‚’ उनले भने, ‘एकथरि सेवा सुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एक थरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरू राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : २८ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२