नर्सको पीडा : न हातमा काम, न श्रमअनुसार दाम  « Khabarhub

नर्सको पीडा : न हातमा काम, न श्रमअनुसार दाम 


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बर्षेनी ५ हजार बढी नर्सहरू उत्पादन हुने गरेका छन् । नर्सिङ पढ्न लाखौँ खर्च गर्ने नर्सहरूले अत्यन्तै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर एउटै नर्सले १५ देखि २० जना बिरामी हेर्नुपर्ने दबाब छ ।

लामो समयदेखि सरकारले नर्सका लागि दरबन्दी नखुलाउँदा धेरै नर्सहरू बेरोजगार बस्नुपरेको गुनासो सरोकारवालाहरुको छ ।

६२ औं नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघले गरेको कार्यक्रममा सरोकारवालाहरूले स्वदेशमै आवश्यक नर्सहरूको माग पुग्न नसकेको अवस्थामा रोजगार र उचित पारिश्रमिक नपाउँदा विदेश पलायन हुनु दुखद भएको बताए ।

बेला बेलामा सरकारले नर्सहरूको सेवा सुविधाको कुरा उठाए पनि, आफ्ना समस्यामा सरकार गम्भिर नभएको गुनासो उनीहरूले गरे । नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले नर्सहरूको पढाई र योग्यता अनुसार तलब नभएको बताइन् ।

नेपालमा नर्सहरूलाई एकदमै न्यून पारिश्रमिक भएको उनको असन्तुष्टि थियो ।

नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष प्रा. डा. तारा पोखरेलले नर्सहरूलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताइन् । नेपालका अस्पतालमा नर्सको अभाव छ । बेलायत र क्यानडाले नेपाली नर्स माग गर्छ । नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने ? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरूलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ, उनले भनिन् ।

नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष सानु तुलाधरले नेपालमा काम गर्ने मान्छे छैन, भएको जनशक्ति बाहिर जानुमा सरकार नै दोषी रहेको बताइन् । वरिष्ठ नर्स विजया केसीले निजी क्षेत्रमा काम गर्ने नर्सहरूको न्यून तलबमा श्रम शोषण भइरहेको बताइन् ।

अस्पतालमा २४ घण्टा बिरामीकै सेवामा रहने हुँदा नर्स बिरामीको लागि आडभरोसा बनेका हुन्छन् । तर पछिल्लो समय नर्सको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बढ्दै छ । नर्स स्वयं पनि यो सत्य स्वीकार गर्छन् ।

एउटै नर्सले धेरै बिरामी हेर्नु र लामो समयसम्म ड्युटी गर्नुपर्ने गर्दा पनि नर्सले दिने सेवामा गुनासो आउन थालेको टोखा नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत एक जना नर्सले बताइन् । एउटै नर्सले लामो समयसम्म ड्युटी गर्नुपर्ने, एउटैले धेरै बिरामी हेर्नुपर्ने हुँदा पनि आराम नपुग्दा उनीहरूको सेवामा गुनासो बढेको उनले भनिन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ११ बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा