नर्सको पीडा : न हातमा काम, न श्रमअनुसार दाम  | Khabarhub Khabarhub

नर्सको पीडा : न हातमा काम, न श्रमअनुसार दाम 


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बर्षेनी ५ हजार बढी नर्सहरू उत्पादन हुने गरेका छन् । नर्सिङ पढ्न लाखौँ खर्च गर्ने नर्सहरूले अत्यन्तै न्यून तलबमा काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर एउटै नर्सले १५ देखि २० जना बिरामी हेर्नुपर्ने दबाब छ ।

लामो समयदेखि सरकारले नर्सका लागि दरबन्दी नखुलाउँदा धेरै नर्सहरू बेरोजगार बस्नुपरेको गुनासो सरोकारवालाहरुको छ ।

६२ औं नर्सिङ दिवसका अवसरमा नेपाल नर्सिङ संघले गरेको कार्यक्रममा सरोकारवालाहरूले स्वदेशमै आवश्यक नर्सहरूको माग पुग्न नसकेको अवस्थामा रोजगार र उचित पारिश्रमिक नपाउँदा विदेश पलायन हुनु दुखद भएको बताए ।

बेला बेलामा सरकारले नर्सहरूको सेवा सुविधाको कुरा उठाए पनि, आफ्ना समस्यामा सरकार गम्भिर नभएको गुनासो उनीहरूले गरे । नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक मनकुमारी राईले नर्सहरूको पढाई र योग्यता अनुसार तलब नभएको बताइन् ।

नेपालमा नर्सहरूलाई एकदमै न्यून पारिश्रमिक भएको उनको असन्तुष्टि थियो ।

नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष प्रा. डा. तारा पोखरेलले नर्सहरूलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताइन् । नेपालका अस्पतालमा नर्सको अभाव छ । बेलायत र क्यानडाले नेपाली नर्स माग गर्छ । नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने ? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरूलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ, उनले भनिन् ।

नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष सानु तुलाधरले नेपालमा काम गर्ने मान्छे छैन, भएको जनशक्ति बाहिर जानुमा सरकार नै दोषी रहेको बताइन् । वरिष्ठ नर्स विजया केसीले निजी क्षेत्रमा काम गर्ने नर्सहरूको न्यून तलबमा श्रम शोषण भइरहेको बताइन् ।

अस्पतालमा २४ घण्टा बिरामीकै सेवामा रहने हुँदा नर्स बिरामीको लागि आडभरोसा बनेका हुन्छन् । तर पछिल्लो समय नर्सको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बढ्दै छ । नर्स स्वयं पनि यो सत्य स्वीकार गर्छन् ।

एउटै नर्सले धेरै बिरामी हेर्नु र लामो समयसम्म ड्युटी गर्नुपर्ने गर्दा पनि नर्सले दिने सेवामा गुनासो आउन थालेको टोखा नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत एक जना नर्सले बताइन् । एउटै नर्सले लामो समयसम्म ड्युटी गर्नुपर्ने, एउटैले धेरै बिरामी हेर्नुपर्ने हुँदा पनि आराम नपुग्दा उनीहरूको सेवामा गुनासो बढेको उनले भनिन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ११ बजे

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना