बजार अनुगमनको अधिकार स्थानीय तहलाई हुनुपर्छ : मन्त्री रिजाल | Khabarhub Khabarhub

बजार अनुगमनको अधिकार स्थानीय तहलाई हुनुपर्छ : मन्त्री रिजाल


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले संविधानद्वारा परिभाषित क्षेत्राधिकारभित्र रही बजार अनुगमन र त्यससम्बन्धी दण्ड सजायसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको आजको बैठकमा उनले प्रत्येक दैनिक उपभोग्य वस्तुको उत्पादनमा गुणस्तर र म्याद गुज्रने अवधि स्पष्ट उल्लेख हुनुपर्ने व्यवस्थासहितको कानुन निर्माण गरिनुपर्नेमा जोड दिए । साना उद्योग स्थानीय तहमै दर्ता हुने भएकाले त्यसको अनुगमन, मूल्यांकन, नियमन पनि उसैबाट हुनु मनासिब हुने उनको भनाइ छ । 

मन्त्री रिजालले भने, ‘उद्योग दर्ता, उत्पादन, प्रशोधन, अनुगमन, गुणस्तर निर्धारणलगायत विषयमा प्राप्त सुझावका आधारमा कृषि तथा पशुपन्छी मन्त्रालयसँग मिलेर काम गर्ने गरी कानुन निर्माण गरिनुपर्छ ।’

समितिले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ का संशोधनकर्ता सांसद तथा सरोकारवाला निजी क्षेत्रका प्रतिनिधिबाट विधेयकलाई समृद्ध तुल्याउने सन्दर्भमा परामर्श लिइएको थियो ।

निजी क्षेत्रका तर्फबाट विधेयकलाई गुणस्तरीय तुल्याउने सिलसिलामा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहितका पदाधिकारीले विभिन्न १३ बुँदे संशोधन पेस गरे । 

महासङ्घले ऐन कार्यान्वयन नियमावली बनेपछि मात्र हुने भएकाले विगतका अनुभव समेतका आधारमा ऐन प्रमाणीकरण भएको एक वर्षपछि देखिमात्र लागू गर्न सुझाव दिएको छ । त्यसैगरी, स्वास्थ्यलाई हानी हुने सडेगलेका वा फोहर मैला मिसिएको खाद्य पदार्थलाई मात्र दूषित खाद्य पदार्थका रुपमा लिइने व्यवस्था गर्न सल्लाह दिइएको छ । 

यसअघि बैठकमा सदस्यहरूले प्रस्तावित विधेयकमा तजबिजी अधिकार रहेको तथा कतिपय महत्वपूर्ण ऐनमै उल्लेख गर्नुपर्ने विषय पनि नियमावलीका आधारमा हुने भन्ने उल्लेख रहेकाले त्यसमा सुधारको खाँचो औँल्याए । 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ४४ बजे

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ

महेश बस्नेतको टिप्पणी : केपी ओलीको विकल्प खोज्नु राजनीतिक अपराध

दाङ– नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले केपी शर्मा ओलीलाई

पार्टीको महाधिवेशन गरेर विवादहरूको समाधान खोज्नुपर्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीको नियमित महाधिवेशन गरेर

राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगर- पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नती गरी चार लेनको बनाउने विषयमा कञ्चनपुरको

१६ वर्षमा मतदान गर्ने र २५ वर्षमै उम्मेदवार बन्ने व्यवस्थाका लागि कानुन संशोधन गरौँ : प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि