राज्य सत्तामा झापाली वर्चस्व | Khabarhub Khabarhub

राज्य सत्तामा झापाली वर्चस्व



काठमाडौ– मुलुकको कार्यकारी होस या प्रशासनिक नेतृत्वमा पूर्वी नेपालको उपस्थिति उल्लेख्य रहँदै आएको छ । कम्युनिष्ट आन्दोलनदेखि लोकतन्त्रका लागि भएका हरेक सङ्घर्षमा झापा, मोरङले उल्लेख्य भूमिका निभाउँदै आएका छन् ।

त्यसमाथि एकै बाबुका तीन सन्तान मात्रिका, बीपी र गिरिजाप्रसाद कोइराला मुलुकको कार्यकारी पदमा पुगेको मोरङको त्यो साखलाई संयोगवश झापाले पछ्याएको देखिएको छ । संवैधानिकदेखि लिएर मुलुकका कार्यकारी पदमा झापालीको उपस्थिति चर्चायोग्य बनेको हो ।

झापामा ५ वटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र छन् । प्रदेशमा १० वटा निर्वाचन क्षेत्र छन् । यहाँबाट जितेका नेताहरू राज्यका नेतृत्व र प्रमुख पदमा पुगेका छन् ।

नजितेका भएपनि समानुपातिक सूची तथा, गठबन्धन मार्फत उनीहरूलाई जिताएर नेतृत्व तहमा नै पुर्‍याइएको छ । अब कुरा गरौँ देश र प्रदेशको नेतृत्व तहमा पुगेका तीन झापाली र पुग्न खुट्टा उचालेर बसेका १ झापालीको ।

सभामुख देवराज घिमिरे : घिमिरे प्रतिनिधि सभामा सभामुख हुन् । नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य हुँदै २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ मा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका घिमिरे २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा पनि निर्वाचित भए ।

उपसभामुख इन्दिरा राना मगर : उपसभामुख मगरको घर पनि झापाको अर्जुनधारा नगरपालिका हो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उपसभामुख पदमा २०७९ माघ ७ गते निर्वाचित भइन । उनी असहाय र गरिब बालबालिकालाई पालन पोषण र हेर चारमा संस्था खडा गरेर काम गर्दै आएकी थिइन । उनी पहिलो पटक समानुपातिकबाट संसद् बनेकी थिइन ।

कोशी प्रदेशको सभामुख अम्बरबहादुर विष्ट : विष्ट २०८० पुस २४ गते कोशी प्रदेशको सभामुखमा निर्वाचित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद विष्टको घर झापा गौरादह हो । विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

कृष्णप्रसाद सिटौला : राष्ट्रियसभा अध्यक्षको आकांक्षी

झापाको सदरमुकाम चन्द्रगढी घर भएका कांग्रेस नेता सिटौला २०७४ र २०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए । तर उनलाई राष्ट्रियसभा निर्वाचनमा माग ११ गते कांग्रेस–माओवादीसहितको गठबन्धनले विजयी गराएको छ ।

सिटौला अब राष्ट्रियसभा अध्यक्षको आकांक्षी हुन । उनलाई अध्यक्ष बनाउन सत्तारुढ गठबन्धन दलमा सहमति जुटेको बताइन्छ । यसो भएमा झापाले अर्को सम्माननीय थप्नेछ ।

पार्टीहरू तर्फ पनि झापाली अगाडि

एमाले अध्यक्ष ओली : झापाको दमक-५ घर भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन पटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी २०६२, ७२,७४ गरी तीन पटकसम्म प्रधानमन्त्री भइसकेका छन् ।

उनको निर्वाचन क्षेत्र झापा-५ हो । विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको घर पनि झापा नै हो । झापाको हल्दीबारीमा घर भएका लिङदेन प्रतिनिधि सभा निर्वाचन २०७९ झापा क्षेत्र नं ३ बाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हराउँदै निर्वाचित भएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घर पनि झापा क्षेत्र नम्बर १ हो । उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाटनेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गर्दै २०७९ को निर्वाचनमा विजयी भएका थिए ।

यस्तै कोशी प्रदेशको कांग्रेस संसदीय दलको नेता उद्धव थापा र एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको घर पनि झापा नै हो । कार्कीको घर गौरादह हो । यस्तै थापाको झापाको शनिश्चरे हो

झापाको जनसङ्ख्या आकार

झापा कोशी प्रदेशको मुख्य व्यापारिक केन्द्र हो । झापाको कुल जनसंख्या ९ लाख ९८ हजार ५४ छ । झापा नेपालको धेरै जनसंख्या हुने मध्येको चौथो नम्बरको जिल्ला हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । कोशीमा मोरङ पछि झापाको जनसंख्या बढी छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ५८ बजे

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी,

मुकुल ढकालले बजाएको ‘खतराको घण्टी’ले रास्वपामा तरंग

काठमाडौं- गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा

चीनद्वारा सार्वजनिक तौल व्यवस्थापनमा तीन वर्षे अभियान सुरु

बेइजिङ । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) र शिक्षा तथा नागरिक

इच्छाकामनामा कृषि एम्बुलेन्स सञ्चालन

नारायणगढ– कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल खेतबारीबाटै बजारसम्म पुर्‍याउन

आजका समाचार : रास्वपा सकिक्ने मुकुलको चेतावनी, रवि जोडिएको मिडियामाथि छानबिन थालियो 

संसदीय समितिले थाल्यो गोर्खा मिडियाको छानबिन, माग्यो नौ सहकारीको विवरण