राज्य सत्तामा झापाली वर्चस्व « Khabarhub

राज्य सत्तामा झापाली वर्चस्व



काठमाडौ– मुलुकको कार्यकारी होस या प्रशासनिक नेतृत्वमा पूर्वी नेपालको उपस्थिति उल्लेख्य रहँदै आएको छ । कम्युनिष्ट आन्दोलनदेखि लोकतन्त्रका लागि भएका हरेक सङ्घर्षमा झापा, मोरङले उल्लेख्य भूमिका निभाउँदै आएका छन् ।

त्यसमाथि एकै बाबुका तीन सन्तान मात्रिका, बीपी र गिरिजाप्रसाद कोइराला मुलुकको कार्यकारी पदमा पुगेको मोरङको त्यो साखलाई संयोगवश झापाले पछ्याएको देखिएको छ । संवैधानिकदेखि लिएर मुलुकका कार्यकारी पदमा झापालीको उपस्थिति चर्चायोग्य बनेको हो ।

झापामा ५ वटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र छन् । प्रदेशमा १० वटा निर्वाचन क्षेत्र छन् । यहाँबाट जितेका नेताहरू राज्यका नेतृत्व र प्रमुख पदमा पुगेका छन् ।

नजितेका भएपनि समानुपातिक सूची तथा, गठबन्धन मार्फत उनीहरूलाई जिताएर नेतृत्व तहमा नै पुर्‍याइएको छ । अब कुरा गरौँ देश र प्रदेशको नेतृत्व तहमा पुगेका तीन झापाली र पुग्न खुट्टा उचालेर बसेका १ झापालीको ।

सभामुख देवराज घिमिरे : घिमिरे प्रतिनिधि सभामा सभामुख हुन् । नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय सदस्य हुँदै २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ मा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका घिमिरे २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा पनि निर्वाचित भए ।

उपसभामुख इन्दिरा राना मगर : उपसभामुख मगरको घर पनि झापाको अर्जुनधारा नगरपालिका हो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाको उपसभामुख पदमा २०७९ माघ ७ गते निर्वाचित भइन । उनी असहाय र गरिब बालबालिकालाई पालन पोषण र हेर चारमा संस्था खडा गरेर काम गर्दै आएकी थिइन । उनी पहिलो पटक समानुपातिकबाट संसद् बनेकी थिइन ।

कोशी प्रदेशको सभामुख अम्बरबहादुर विष्ट : विष्ट २०८० पुस २४ गते कोशी प्रदेशको सभामुखमा निर्वाचित भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद विष्टको घर झापा गौरादह हो । विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन् ।

कृष्णप्रसाद सिटौला : राष्ट्रियसभा अध्यक्षको आकांक्षी

झापाको सदरमुकाम चन्द्रगढी घर भएका कांग्रेस नेता सिटौला २०७४ र २०७९ सालको निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए । तर उनलाई राष्ट्रियसभा निर्वाचनमा माग ११ गते कांग्रेस–माओवादीसहितको गठबन्धनले विजयी गराएको छ ।

सिटौला अब राष्ट्रियसभा अध्यक्षको आकांक्षी हुन । उनलाई अध्यक्ष बनाउन सत्तारुढ गठबन्धन दलमा सहमति जुटेको बताइन्छ । यसो भएमा झापाले अर्को सम्माननीय थप्नेछ ।

पार्टीहरू तर्फ पनि झापाली अगाडि

एमाले अध्यक्ष ओली : झापाको दमक-५ घर भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन पटकसम्म प्रधानमन्त्री भइसकेका छन् । उनी २०६२, ७२,७४ गरी तीन पटकसम्म प्रधानमन्त्री भइसकेका छन् ।

उनको निर्वाचन क्षेत्र झापा-५ हो । विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको घर पनि झापा नै हो । झापाको हल्दीबारीमा घर भएका लिङदेन प्रतिनिधि सभा निर्वाचन २०७९ झापा क्षेत्र नं ३ बाट कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले हराउँदै निर्वाचित भएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको घर पनि झापा क्षेत्र नम्बर १ हो । उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाटनेकपा एमालेका अग्निप्रसाद खरेललाई पराजित गर्दै २०७९ को निर्वाचनमा विजयी भएका थिए ।

यस्तै कोशी प्रदेशको कांग्रेस संसदीय दलको नेता उद्धव थापा र एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको घर पनि झापा नै हो । कार्कीको घर गौरादह हो । यस्तै थापाको झापाको शनिश्चरे हो

झापाको जनसङ्ख्या आकार

झापा कोशी प्रदेशको मुख्य व्यापारिक केन्द्र हो । झापाको कुल जनसंख्या ९ लाख ९८ हजार ५४ छ । झापा नेपालको धेरै जनसंख्या हुने मध्येको चौथो नम्बरको जिल्ला हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार कोशी प्रदेशको जनसङ्ख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । कोशीमा मोरङ पछि झापाको जनसंख्या बढी छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ५८ बजे

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान