शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रूपान्तरण गरिँदै « Khabarhub

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रूपान्तरण गरिँदै


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे।  केन्द्र प्रतिष्ठानका रुपमा रूपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारी समेत दिए ।      

यही वर्ष भदौ १३ गते मन्त्री बस्नेतको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले केन्द्रलाई प्रतिष्ठानमा रूपान्तरण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले अवधारणापत्र बुझाइसकेको र मन्त्रालयबाट प्रक्रिया सुरु भएको उनको भनाइ छ ।

मन्त्री बस्नेतले भविष्यमा चिकित्सक र नर्सको अभाव खड्किन नदिनका लागि चिकित्सा शिक्षा ऐन संशोधनका लागि तयारी भइरहेको जानकारीसमेत दिए। उनले आधारभूत स्वास्थ्य उपचार र चिकित्सा शिक्षा दुवै सँगसँगै लानुपर्ने आवश्यकता औँल्याए । 

केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले दिनप्रतिदिन बढ्दो बिरामीको चापअनुसार केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे । 

निर्देशक डा मल्ल केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गर्नतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए । विक्रम संवत् २०५१ मा नौवटा शय्याबाट उपचार सेवा सुरु गरेको केन्द्र अहिले दुई सय ९६ शैय्यामा सञ्चालन भइरहेको छ । केन्द्रले मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवा उपलब्ध गराउँदै आएको छ । 

केन्द्रले गत वर्ष सन् २०२३ मा एक लाख ९२ हजार नौ सय ९२ जना बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराएको छ । सोही वर्ष १४ हजार नौ सय ८८ जनाले अन्तरङ्ग उपचार सेवा लिएका छन् । यसैगरी, २० हजार तीन सय १७ जना बिरामीले आकस्मिक उपचार सेवा लिएका छन्भने एक हजार आठ सय ३८ जना बिरामीले शल्यक्रिया गराएका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : १६ बजे

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई