जोर्डन एसियन कपको क्वाटरफाइनलमा « Khabarhub

जोर्डन एसियन कपको क्वाटरफाइनलमा


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जोर्डनले इराकलाई पराजित गर्दै जारी एशियन कपको क्वाटरफाइनलमा पुगेको छ । सोमबार सम्पन्न खेलमा जोर्डनले इराकलाई ३–२ गोल अन्तरले पराजित गर्दै एशियन कपको क्वाटरफाइनलमा पुगेको हो ।

२–१ ले पछि रहेको जोर्डनले ९० मिनेटपछिको अतिरिक्त समयमा २ गोल गरेर खेल जितेको थियो जोर्डनका लागि याजन अल नैमात, याजन अल अरब र निजार अल रशदनले एक एक गोल गरेका थिए ।

त्यस्तै इराकका लागि साद नातिक र आयमेन हुसेइनले एक एक गोल गरेका थिए । यस खेलमा इराकका आयमेन हुसेइनले खेलको ७७औं मिनेटमा रातो कार्ड पाएपछि इराक १० खेलाडीमा सिमित भएको थियो ।

जोर्डनले अब क्वाटरफाइनलमा ताजकिस्तानसँग खेल्ने छ । त्यस्तै यस हारपछि इराक भने अब प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : २९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले