स्पेन ओपन तेक्वान्दोमा अशोक खड्का निर्णायक « Khabarhub

स्पेन ओपन तेक्वान्दोमा अशोक खड्का निर्णायक


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक (रेफ्री) अशोक खड्काले स्पेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।

विश्व तेक्वान्दोको आयोजनामा हुने प्रतियोगिताका लागि उनी बुधबार स्पेनको एलिकान्टे जाँदै छन् । प्रतियोगिता फेब्रुअरी २ देखि ४ तारिखसम्म हुनेछ ।

उनले ग्योरोगी र पुम्सेमा निर्णायकको भूमिका निर्वाह गर्ने बताइएको छ । उनी पुम्से र ग्यारोगी दुवै विधाका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

तेक्वान्दोको वर्ल्ड र्‍याकिङका जर्मनी, अस्ट्रेलिया, बेल्जियम, पाकिस्तान, मेक्सिको, बुल्गेरिया ओपन, प्रेसिडेन्ट कपलगायत दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाइसकेको अनुभव खड्कासँग छ ।

खड्कालाई एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य अञ्जन धमलाले सोमबार बिदाइ समेत गरेका छन् ।

 

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : ४१ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६