मानव अधिकार उल्लङ्घन गर्ने २०२ जना कारबाहीका लागि सिफारिस « Khabarhub

मानव अधिकार उल्लङ्घन गर्ने २०२ जना कारबाहीका लागि सिफारिस


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे जानकारी दिँदै आयोगले नीतिगत सुधारका लागि १३ वटा सिफारिस गरेको समेत उल्लेख गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका लागि ७६ जनालाई सिफारिस गरिएको छ भने ६६ जना दोषीको नाम किटान गरिएको छ । साथै क्षतिपूर्तिका लागि ५९ जनाको नाम सिफारिस गरिएको छ ।

सो अवधिमा आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरी दर्ता भएका छन् । यस अवधि र अघिल्ला वर्षमा दर्ता भएकासहित तीन सय ५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगले दर्ता हुन आएका उजरीमध्ये प्रमुख महासन्धिका आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित ४७ वटा छन् भने सबैभन्दा कम जबर्जस्ती व्यक्ति बेपत्ता पार्नेविरुद्धको महासन्धिअन्तर्गत एक उजुरी दर्ता भएका छन् ।

आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लङ्घन दुरुत्साहनमा दोषी पहिचान भएका व्यक्तिहरूको सङ्ख्या तीन सय ५८ जना पुुगेको छ ।

आयोगले स्थापनादेखि मानव अधिकार उल्लङ्घनका पीडितलाई क्षतिपूर्ति÷राहत उपलब्ध गराउन रु २८ करोड १३ लाख एक हजार एक सय ९७ सिफारिस गरी पठाएकामा करिब रु सात करोड बराबरको रकम निकासा भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १० : ५८ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६