आज २०८० साल फागुन १७ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन १७ गते बिहीबारको राशिफल


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल फागुन १७ गते बिहीबार तदनुसार सन् २०२४ फेब्रुअरी २९ तारिख । कृष्ण पक्षको पञ्चमी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय राम्रो छ । परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ । कर्म क्षेत्रको लगानीबाट घाटा हुनेछैन । हिम्मत भने गर्नुपर्ने देखिन्छ । परिवारमा कुरो नबुझ्ने धेरै छन् । व्यवहार गर्दा सचेत हुनुपर्छ ।

वृष : दिन सामान्य छ । मन उदास हुनेछ । अप्रिय खरब सुन्नुपर्ने हुनसक्छ । कर्म क्षेत्रको प्रयासबाट भने फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । पारिवारिक सम्बन्धबाट राम्रो सहयोग हुनेछ ।

मिथुन : दिन राम्रो छ । आफ्नो भाग्य बनाउने दिन हो । विहान शिवको सम्झना गर्नु राम्रो हुन्छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । रोजगारीको क्षेत्रमा फाइदा हुनेछ । पारिवारिक क्षेत्रमा साथ र सहयोग मिल्नेछ । सामाजिक सम्मान हुनेछ ।

कर्कट : दिन सामान्य छ । शनिदेवको छाया योगमा हुनुहुन्छ । हनुमानको चिन्तन, पुजन गरेमा काम सफल बन्नेछ । अचानक साथीहरु नकारात्मक बाटो समाउन सक्रिय हुन्छन् । परिवारको साथ र सहयोग भने राम्रो देखिन्छ ।

सिंह : दिन राम्रो छ । श्रम गरेका क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा राम्रो उन्नति हुनेछ । स्वास्थ्यमा लाभ हुनेछ । परिवारको साथ मिल्नेछ । मायाको प्रतिस्पर्धा हुने देखिन्छ । सामाजिक क्षेत्रमा घाटा हुने देखिन्छ ।

कन्या : समय राम्रो छ । लगानीका क्षेत्र अब्बल छन् । लगानी गर्नुभयो भने भाग्यको उदय हुनेछ । तपाईंको विदेश यात्राको बाटो खुल्नेछ । शिक्षामा फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन राम्रो छ । चन्द्रमा दाहिना भएकाले हरेक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । मित्रको साथ मिल्नेछ । विरोध साम्य हुनेछ । रोजगारमा सफलता मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक : समय सामान्य राम्रो छ । हरेक क्षेत्रमा विरोधीहरु सक्रिय छन् । दाजुभाइबाट सहकार्य हुनसक्छ । कुटुम्बबाट साथ रहन्छ । वैदेशिक क्षेत्रमा ठगबाट जोगिनुपर्नेछ । परिवारबाट भने साथ र सहयोग रहने देखिन्छ ।

धनु : दिन राम्रो छ । भाग्यको ठाउँमा चन्द्रमा रहेकाले अचानक राम्रो खबर सुन्ने योग रहेको छ । आफ्नो लगानी भएमा आर्थिक र सामाजिक क्षेत्र अब्बल बन्नेछ । परिवारको साथ मिल्नेछ ।

मकर : आजको दिन सामान्य राम्रो छ । ठुलाले माया नगर्ने समय छ । आफ्नो हातले ठुलो काममा लगानी गर्नु राम्रो हुन्छ । परिवारमा मनमुटाव हुनेछ । सामाजिक क्षेत्रमा विवादका स्वर सुन्नुपर्ने छ ।

कुम्भ : दिन सामान्य छ । नराम्रो शब्द जाने भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ । खानपानमा ख्याल नगरे स्वास्थ्यमा जोखिम देखिन्छ । परिवारबाट भने सुख र शान्ति मिल्नेछ ।

मीन : दिन राम्रो छ । कर्मक्षेत्रको लगानीबाट शिक्षामा सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । खर्च गर्ने बानीमा सुधार गर्नु आवश्यक छ । परिवारबाट साथ र सहयोग राम्रो रहनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ११ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा