किन साना भूमिकामा देखिन चाहन्छन् अमिर ? | Khabarhub Khabarhub

किन साना भूमिकामा देखिन चाहन्छन् अमिर ?


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अमिर खान उत्कृष्ट ‘कम ब्याक’ को पर्खाइमा छन् । करिब डेढ वर्षपछि अभिनयमा फर्कन लागेको उनले घोषणा गरेका छन् ।

सन् २०२२ मा प्रदर्शनमा आएको फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि उनले अभिनयमा ब्रेक लिएका थिए । तर यस दौरानमा उनी विभिन्न फिल्मको स्क्रिप्टमा व्यस्त रहेको चर्चासमेत भएको थियो ।

पूर्वश्रीमती किरण रावले निर्माण गर्न लागेको फिल्म ‘लापत्ता लेडिज’बाट अभिनयमा फर्कन अमिरको सोच पूरा भएन । अडिसन समेत दिए पनि अमिर सो फिल्मको हिस्सा बन्न पाएनन् ।

एक अन्तर्वार्तामा उनले केही फिल्ममा सानो भूमिकामा देखिने समेत खुलासा गरेका छन् । ससाना भूमिकामा देखिएर दर्शकको प्रतिक्रिया बुझ्ने चाहना रहेको उनको तर्क छ । तर उनले मुख्य पात्रका रुपमा भने आउँदो क्रिसमसमा देखिने बताएका छन् ।

मुख्य भूमिकामा देखिन लागेको फिल्मको नाम ‘सितारे जमिन पर’ रहेको उनको भनाइ छ । उनी अभिनयबाट टाढा रहँदा यही फिल्मको स्क्रिप्टमा व्यस्त रहेको चर्चा चलेको थियो ।

‘सितारे जमिन पर’ फिल्म  ‘तारे जमिन पर’ को सिक्वेल हो भन्ने धेरैको आशंका छ । यसबारे अमिरले कुनै खुलासा गरेका छैनन् । फिल्मबारे अमिर भन्छन्, मलाई कथा मन परेर फिल्म गर्ने निर्णय गरेको हुँ । सुटिङ धमाधम भइरहेको छ ।’

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ४७ बजे

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा