उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि « Khabarhub

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा पुरिएर बेपत्ता भएका बर्दियाका तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

पहिरोमा परी बेपत्ता भएकाको खोजी गर्दा फेला पार्न नसकेपछि आफ्नै गाउँमा फर्किएर कुशको शव बनाई अन्त्येष्टि गरिएको बर्दिया मधुवन नगरपालिका—६ बुद्धनगरका चुडामणि खड्काले जानकारी दिए ।

खड्काका ३७ वर्षीय छोरा नरेन्द्र खड्का, बुहारी सरस्वती खड्का भण्डारी र दुई वर्षको नाति रोमन उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । घटनास्थल पुगेर फर्किएका खड्काले भने, “पहिरोमा पुरिएकाको आफ्ना सन्तानको खोजीका लागि घटनास्थलमै पुगेका थियौँ । त्यहाँ भेटिनुभएका उत्तरप्रदेशका मुख्यमन्त्री पुस्करसिंह धामी, प्रहरी अधिकृतलाई पनि खोजतलासका लागि आग्रह ग¥यौँ, तर पत्ता लगाउन सकिएन ।”

उनका अनुसार पहिरोमा पुरिएका छोरा नरेन्द्रको एक हातको अङ्ग मात्रै फेला परेपछि निजको मृत्यु भएको पहिचान गरिएको थियो । खड्काले भने, “छोराको हातमा ‘सुमन’ लेखिएको थियो, त्यसै आधारमा आफूले छोराको शव पहिचान गरेर हात उतै गाडेर फर्किए । घरमा पुगेर कुशको शव बनाई तीनै जनाको अन्त्येष्टि गरेका हौँ ।”

मधुवन नगरपालिका–५ की अमृता परियार पनि उक्त पहिरोमा पुरिएर बेपत्ता भएका थिए । उनको अवस्था पनि अज्ञात छ । आर्थिक अवस्था कमजोर भएको खड्का परिवारका सदस्य सडकलगायत निर्माण क्षेत्रमा मजदुरी गर्न उत्तरकाशी क्षेत्रमा पुगेका थिए ।

धारला क्षेत्रमा निर्माणाधीन सडक छेउको खोला किनारमा बनाइएको टहरोमा बसेका बेला अकस्मात माथिबाट ठूलो पहिरो खस्दा खड्का, उहाँकी श्रीमती र छोरासहित व्यक्ति पुरिएका थिए । त्यस दिन धारलासहित तीन ठाउँमा ठूलो पहिरो गएको र त्यसमा जाजरकोटका २१ जना पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

मृतकका भाइ गुप्तराज खड्काले मजदुरी गरेर कमाई गर्ने दाजुको निधन भएपछि परिवार आर्थिक सङ्कटमा परेको दुःखेसो सुनाए । मधुवन नगरपालिका कार्यालयले किरिया खर्च दिने भने पनि हालसम्म पाउन नसकेको उहाँले गुनासो गरे ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ८ : २३ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री