नेजाको १७औं साधारण सभा बोस्टनमा « Khabarhub

नेजाको १७औं साधारण सभा बोस्टनमा


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा मे २५ र २६ मा गर्ने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीले सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा हुने जानकारी दिए ।

बोस्टनमा हुने सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।

नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकता, समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (न्युज बुलेटिन) प्रकाशन गर्ने जनाएको छ ।

यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजाले उत्तर अमेरिकामा रहेका  पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गर्ने भएको छ । साथै, नेपाल तथा उत्तर अमेरिकामा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा अध्येतावृत्ति (फेलोसिप) प्रदान गर्ने भएको छ ।

फेलोसिपले स्वदेश तथा विदेशमा रहेर पत्रकारिता गरिरहेकालाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा परिचित हुन टेवा पुग्ने अध्यक्ष भण्डारीले बताए ।

साथै, अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ । यसै गरी, नेपाली समुदायका कार्यक्रम तथा गतिविधि सञ्चारमाध्यमलाई उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ११ : ५३ बजे

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२