इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु | Khabarhub Khabarhub

इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जापान– नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्ट्रिय सम्मेलन २०२४ टोकियोमा सुरु भएको छ । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्‍याउन पत्रकारहरूलाई आह्वान गरे ।

उनले इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरूलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्‍याएकाे योगदान आदरणीय र उदाहरणीय रहेको बताए । इन्जाको उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्‍याउन अन्य सङ्घसंस्थाहरूलाई राजदूत सुवेदीले आग्रह गरे ।

नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत्, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मूल्याङ्कन गर्दै उनले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गरे ।

विश्वभर रहेको पत्रकारहरूबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्ष्यअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गरे ।

नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासङ्घसँगको सहकार्यमा विश्वभरिका पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उनले उल्लेख गरे ।

इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एसिया शाखाका अध्यक्ष टङ्क पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एसिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरूलाई गोलबद्ध गर्न पुर्‍याइरहेकाे याेगदानका विभिन्न पक्षबारे चर्चा गरे ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारलाई उपचारलगायतमा सहयोग गर्दै आइरहेको छ ।

पत्रकारिताका विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरूलाई फेलोसिप प्रदान गरेको थियो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रीय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरू भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायतको सहभागीता छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १२ : २० बजे

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले