प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम « Khabarhub

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम


१७ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले हालसम्म (ख) वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँचजना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक  बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउँछन् । उनले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा रु एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका–५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङले बताइन्। उनका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ ।

नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १ : १३ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको