एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने « Khabarhub

एकीकृत समाजवादीले आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशनमा एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा सम्पन्न दस्तावेज मस्यौदा समितिको बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र कुनै पनि अलग अलग सोच नरहेको र सबैको भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिनका लागि बिभिन्न समूह बनाएर छलफल हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।

दस्तावेजमा समाजवादी क्रान्तिको बाटोमा जानका लागि हुने चुनौति, रुपरेखा लगायतका विषय समेटिने नेकपा एकीकृत समाजवादीले जनाएको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ३ : ०० बजे

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य