अदालतबाट हेल्मेट चोर्दै, ‘पठाओ’लाई बेच्दै ! (भिडियोसहित) « Khabarhub

अदालतबाट हेल्मेट चोर्दै, ‘पठाओ’लाई बेच्दै ! (भिडियोसहित)


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षाको कारण देखाएर काठमाडौं जिल्ला अदालतभित्र सेवाग्राहीलाई हेलमेट लैजान प्रतिबन्ध छ । अदालतमा आएका सेवाग्राही गेट बाहिरै रहेको बार र डोरीमा हेल्मेट झुन्डाएर भित्र पस्छन् ।

गेटबाहिरका ती हेल्मेट सिसिटिभीको निगरानीमा हुन्छन् । छेउमै प्रहरी पनि तैनाथ हुन्छन् । तर, दिनहुँ २–३ वटाका दरले हेल्मेट हराउने गरेको कर्मचारीहरू बताउँछन् ।

पछिल्लो केही दिनदेखि हेलमेट चोरीका घटना बढेपछि अदालत प्रशासन हैरान बनेको थियो । अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थी खबरहबसँग भन्छन्, ‘महँगो हेलमेट हरायो भन्दै सेवाग्राही गुनासो गर्नुहुन्छ, हामीले गाली मात्रै सुन्नु परिरहेको थियो ।’

‘प्रहरीभन्दा अपराधी एक कदम अगाडि हुन्छ’ भन्ने कथनलाई यो घटनाले सार्थक बनाएको छ । घटना सामान्य चोरी भए पनि अदालतजस्तो संवेदनशील र कडा सुरक्षाको घेरामा हुने सरकारी निकाय परिसरबाटै दिनदहाडै भइरहेको थियो ।

‘तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने चेतावनी चोरका लागि सामान्य थियो । सो चेतावनीलाई चोरीमा संलग्न गिरोहले मास्कको भरमा पचाइरहेको थियो ।

चोरीका घटना बढेपछि प्रहरीले सीसीक्यामेरा फुटेज हेर्दा यो धन्दामा एउटा गिरोह नै सक्रिय भएर लागेको फेला पर्‍यो । त्यसपछि चोरको गिरोहसम्म पुग्न सादा पोसाकमा प्रहरी खटियो ।

काठमाडौं जिल्ला अदालतको दक्षिण गेटमा सोमबार एक जना प्रहरी चप्पल र टाउजरको पहिरनमा रेकी गर्न बसे । आज भने हेल्मेट चोर उम्कन पाएनन् । उनले हेलमेट झिकेर हिँड्नै लाग्दा प्रहरीले समात्यो । जुन भिडियो खबरहबले प्राप्त गरेको छ ।

गोरखाका सञ्जय मगर नाम बताउने युवकलाई समात्न प्रहरी सफल भयो । आज पनि उनी एक्लै आएका थिएनन् । तर, उनी पक्राउ परेपछि उनका साथीहरु भाग्न सफल भए ।

प्रारम्भिक सोधपुछमा सञ्जयले आफू नयाँ भएको बयान दिएका छन् । आफूले तीन–चार वटा मात्रै हेलमेट चोरेको र पठाओ राइडरलाई सस्तोमा बेचेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीका अनुसार यो गिरोहले महँगा हेलमेट चोरेर पठाओ राइडरलाई एक हजारदेखि पन्ध्र सयसम्म बेच्ने गरेको खुलेको छ । उनीहरूले ४५ हजारसम्म पर्ने हेलमेट चोरेका छन् ।

सञ्जयलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ३ : ४२ बजे

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले