त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष : मन्त्री राई « Khabarhub

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष : मन्त्री राई


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको दावी गरेका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफू नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीन जनाको नाम छनौट गरेर सिफारिस गरिएको बताएका हुन् । 

सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई छान्ने अधिकार कुलपतिलाई भएकाले कुलपति एवं प्रधानमन्त्री प्रचण्डले एक जनालाई उपकुलपतिमा नियुक्त गरेको उनको भनाइ छ । उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको बताए । मन्त्री राईले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।

त्यसअघि बैठकमा समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भनिएपनि हस्तक्षेप भएको जिकिर गरे । उनले सिफारिस समितिले सिफारिस गरेको व्यक्तिमध्ये पहिलो नंवरकोलाई छाडेर दोश्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसी विपरित भएको तर्क गरे । विश्वबिद्यालयको स्वायत्तामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उनले बताए ।

समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादसहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए  । 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ५ : ०६ बजे

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने

महोत्तरीका ९ पालिका बाढीको उच्च जोखिममा

जलेश्वर – महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा रहेको

विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ

विभिन्न जिल्लामा वर्षा

काठमाडौं – पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

कर्णालीमा सात वर्षमा पाँच हजार ४६५ सवारी दुर्घटना, ८४२ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षयता भएका सवारी दुर्घटनामा परी