वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिइ सम्पर्कविहिन बनेको प्रहरीले जनाएको छ।

स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

यस्तै क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिइ सम्पर्क विहिन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए।

यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिइ सम्पर्क विहिन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन्।

प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका–११ भइ हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए।

निजहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ८ : २३ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न