सोमालियामा हैजाको प्रकोप, सहयोग जुटाउँदै डब्ल्युएचओ « Khabarhub

सोमालियामा हैजाको प्रकोप, सहयोग जुटाउँदै डब्ल्युएचओ


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोगादिसु – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा हालको हैजाको प्रकोप गत वर्षको प्रकोपको निरन्तरता हो जुन सन् २०२३ अक्टोबर मा बाढीबाट प्रभावित केही स्थानहरूमा व्यापक रूपमा जिल्लाहरूमा फैलिएको थियो ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्युएचओले हालको प्रकोपलाई नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधिहरूको कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ। सोमालियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ देखि सोमालियामा कुल २ हजार ९४३ हैजाका नयाँ बिरामी फेला परेको २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

डब्लुएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापित व्यक्तिहरूका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ। यसले छिमेकी इथियोपियामा हैजाको प्रकोपबाट फैलिएको सोमालील्याण्डको हर्गेसा र गालिबे जिल्लाहरूमा नयाँ हैजाको प्रकोप पुष्टि भएको पनि बताएको छ ।

यसैबीच डब्लुएचओले स्वास्थ्य साझेदारहरूसँग मिलेर प्रभावित जिल्लाहरूमा हैजा प्रतिक्रिया गतिविधिहरूको कार्यान्वयनलाई बढाएको बताएको छ। डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि पानीजन्य झाडापखाला र हैजाको प्रकोप बढेको छ जुन सन् २०१७ को खडेरीबाट बनादिर क्षेत्रमा समस्या बढ्दै गएपछि थप विकराल बन्दै गएको बताइएको छ ।

सन् २०२३ मा सोमालियामा १८ हाजर ३०४ जनाभन्दा बढी सङ्क्रमणका घटनाहरू देखिएको र ४६ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो जसमा ५ वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकाहरू छन् ।

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ_का अनुसार सन् २०२४ मा हैजाको प्रकोप डरलाग्दो रहने अनुमान छ । पूर्वी र दक्षिणी अफ्रिकाका थुप्रै देशहरूमा पहिल्यै नै भारी वर्षा र ‘एल निनो’ प्रभाव परिसकेको छ ।

युनिसेफका अनुसार सन् २०२३ मा लामो खडेरी, बहु चक्रवात, भारी वर्षा र ठूलो बाढी जस्ता चरम मौसमी घटनाहरूका कारण हैजाका घटनाहरू बढेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ८ : ४८ बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि