बागमती प्रदेशसभाको बैठकबाट विशेष समिति गठन | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठकबाट विशेष समिति गठन


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरेको छ ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच भएको सहमति अनुसार सत्तापक्षका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले विशेष समिति गठनको प्रस्ताव टेबुल गरेका थिए । उनलाई सभामुख भुवनकुमार पाठकले प्रस्ताव टेबुल गर्न समय दिएका थिए ।

प्रदेशसभा सदस्य ढकालले प्रस्तुत गरेको उक्त विशेष समितिको प्रस्तावलाई इन्द्रप्रसाद गोतामे, रमा आले मगर, शैलेन्द्र बज्राचार्य र मधुसुदन पौडेलले सर्मथन गरेका थिए ।

बैठकले उक्त समितिको संयोजकमा गोविन्द लम्सालसहित ११ सदस्यीय समिति गठन गरिएकामा सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ । उक्त विशेष समितिको सदस्यहरुमा डा दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, वसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य छन् ।

विशेष समितिले बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी प्रतिवेदन यही फागुन २९ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न अनुमति दिएको छ । यसैगरी, उक्त बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश हस्तकलाग्राामको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गरे।

बागमती प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक यही फागुन २९ गते अपराह्न ३ बजे बस्ने गरी आजको बैठक स्थगित गरे।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ९ : ०० बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन