नेपाल र जोर्डनबीचको फाइनल खेल सुरु | Khabarhub Khabarhub

नेपाल र जोर्डनबीचको फाइनल खेल सुरु


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनल अन्तरगत नेपाल र जोर्डनको खेल सुरु भएको छ ।

साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राती पौने १० बजे खेल सुरु भएको हो ।

नेपाल सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराएको थियो ।तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम मानिन्छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

यता, नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसैबीच, सावित्रा भण्डारी साम्बाले आजको फाइनल खेल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

याे पनि…

प्रतिद्वन्द्वी कठिन भएपनि नेपालले उपाधि जित्नेमा विश्वस्त छु : साम्बा

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ९ : ४५ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी

ढुङ्गा खसेर लाग्दा बसमा सवार यात्रुको मृत्यु

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको

आज विश्व बिरामी सुरक्षा दिवस मनाइँदै

काठमाडौं– आज विश्वभर विश्व बिरामी सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको