छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री « Khabarhub

छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपालको परराष्ट्र नीति नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा सञ्चालित रहेको उल्लेख गरे ।

उनले भने, “शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमि नेपालले विश्व शान्तिको मान्यतालाई आफ्नो परराष्ट्र नीतिको आधारभूत आधार मानेको छ । कुनै पनि विवादलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

सो अवसरमा मन्त्री साउदले परिषद्ले विश्व मामिला र परराष्ट्र नीतिका विषयमा गुणस्तरीय प्रवचन र समृद्ध विचारविमर्शको परम्परालाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाका गतिविधिबारे जानकारी गराउँदै परिषद्ले विगतदेखि नै विषयविज्ञ, प्राज्ञ, व्यावसायिकविज्ञ, राजनीतिज्ञ र कूटनीतिज्ञहरूबीच अन्तरक्रिया, बहस, छलफलका लागि मञ्च प्रदान गर्दै आएको उल्लेख गरे ।

उनले यसले नेपालको नीति निर्माण प्रक्रियाको गुणस्तर र प्रभावकारिता बढाउनमा योगदान पुग्ने विश्वास व्यक्त गरे। विकासका लागि साझेदारी विश्वव्यापी क्षेत्रको प्रमुख एजेन्डा भएको बताउँदै अध्यक्ष खरेलले नेपाल सरकार र विकास साझेदारहरूसँगको सामाजिक–आर्थिक सहयोगलगायत अन्तरराष्ट्रिय सम्बन्धलाई प्रवद्धन र सुदृढ बनाउने सम्बन्ध परिषद् अग्रणी संस्था भएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ९ : ५६ बजे

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही

पहिलो पटक निर्वाचनमा होमिएको माओवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति

नेप्से परिसूचक १९ अङ्कले घट्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र