छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री « Khabarhub

छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री


१७ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपालको परराष्ट्र नीति नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा सञ्चालित रहेको उल्लेख गरे ।

उनले भने, “शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमि नेपालले विश्व शान्तिको मान्यतालाई आफ्नो परराष्ट्र नीतिको आधारभूत आधार मानेको छ । कुनै पनि विवादलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।”

सो अवसरमा मन्त्री साउदले परिषद्ले विश्व मामिला र परराष्ट्र नीतिका विषयमा गुणस्तरीय प्रवचन र समृद्ध विचारविमर्शको परम्परालाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाका गतिविधिबारे जानकारी गराउँदै परिषद्ले विगतदेखि नै विषयविज्ञ, प्राज्ञ, व्यावसायिकविज्ञ, राजनीतिज्ञ र कूटनीतिज्ञहरूबीच अन्तरक्रिया, बहस, छलफलका लागि मञ्च प्रदान गर्दै आएको उल्लेख गरे ।

उनले यसले नेपालको नीति निर्माण प्रक्रियाको गुणस्तर र प्रभावकारिता बढाउनमा योगदान पुग्ने विश्वास व्यक्त गरे। विकासका लागि साझेदारी विश्वव्यापी क्षेत्रको प्रमुख एजेन्डा भएको बताउँदै अध्यक्ष खरेलले नेपाल सरकार र विकास साझेदारहरूसँगको सामाजिक–आर्थिक सहयोगलगायत अन्तरराष्ट्रिय सम्बन्धलाई प्रवद्धन र सुदृढ बनाउने सम्बन्ध परिषद् अग्रणी संस्था भएको उल्लेख गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ९ : ५६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया