थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध « Khabarhub

थाङपाल भ्याली र अमेरिकी स्कूलबीच भगिनी सम्बन्ध


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यु –३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।

हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो । सम्झौतामा यु–३२ का प्रिन्सिपल स्टिवन डेलिङ्गरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने बिश्वास ब्यक्त गरे । उनले अन्तरास्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रुपमा यसलाई स्थापित गर्ने लक्ष्य अब विस्तारै पूरा हुने विश्वास व्यक्त गरे । उनले यस पालिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागिपरेको बताए ।

हेल्पका अध्यक्ष जिमी लामाले भगिनी सम्बन्ध कायम भएकामा बधाई ज्ञापन गर्दै भविष्यमा विद्यार्थी र शिक्षकबीच सिकाइ साटासाट हुने बताए । अन्य दिन पनि स्कुललाई हितको लागि लाग्ने उहाँले प्रतिबद्धता जनाए।

दुई विद्यालयका शिक्षक र विद्यार्थीबीच विभिन्न माध्यमबाट सिकाइ आदानप्रदान गर्न र एकअर्कालाई सिकाइ प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरु पूरा गर्न एकअर्कालाई सहयोग पु¥याउने उद्देश्यसहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताए ।

भगिनी सम्बन्धबाट शिक्षकहरुलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तरराष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुभयो । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पूर्वव्यस्थापन समितिका शङ्कर लामालगायतले यु–३२ विद्यालयप्रति आभार प्रकट गरे ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि चारवटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो । विद्यालयमा हाल आठ सय २१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन् ।

यु–३२, मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अबस्थित एक माध्यमिक तथा उच्च शिक्षा अध्यन गराउने एक शैक्षिक संस्था हो जहाँ करिब सात सय २५ जना विद्यार्थी अध्यनरत छन् । यु–३२ समावेशी सिकाइ वातावरण, सामुदायिक सहयोग, विद्यार्थीको नेतृत्व, रचनात्मक तथा चुनौतीपूर्ण नयाँ पहल लिने इच्छुकता आदिले गर्दा अन्यभन्दा पृथक रहेको प्रिन्सिपल स्टिवन डेलिङ्गरपेटले जानकारी दिए।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  १० : १० बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता