नेपालविरुद्ध जोर्डनले फर्कायो बराबरी गोल « Khabarhub

नेपालविरुद्ध जोर्डनले फर्कायो बराबरी गोल


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपअन्तर्गतको फाइनलमा खेलमा नेपालविरुद्ध जोर्डनले बराबरी गोल फर्काएको छ । खेलको ७४औं  मिनेटमा जोर्डनले गोल गरेको हो ।

यसअघि नेपालका लागि खेलको २९ औँ मिनेटमा सविता राना मगरले गोल गरेकी थिइन् । वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । जोर्डनले भने पाँच पटक उक्त उपाधि जितिसकेको छ ।

नेपालले फाइनल खेलमा मुख्य खेलाडी सावित्रा भण्डारीलाई गुमाएको छ । सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङ्गाम्पमा अनुबन्ध भएका कारण आजै फ्रान्सतर्फ प्रस्थान गरेकी छिन् ।

यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टाइनलाई ५–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा बरियतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ ।

नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् । डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।

यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ११ : २९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु