आर्थिक

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

By खबरहब

March 29, 2024

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ ।

जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।