इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा टोटनहमलाई ३–२ गोलले हराउँदै जित निकालेको हो ।

आर्सनलका लागि बुकायो साका र काइ हाभर्ट्जले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै टोटनहमका क्रिस्टियन रोमेरो र सन ह्युन मिनले एक–एक गोल फर्काएका थिए ।

खेलको १५औँ मिनेटमा टोटनहमका पियरे इमिल होन्बर्गले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । यस्तै २७औँ मिनेटमा साकाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

यसैगरी ३८औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए ।

त्यसपछि टोटनहमका रोमेरोले ६४औँ तथा ८७औँ मिनेटमा ह्युन मिनले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै ३५ खेलबाट ८० अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत छ । पराजित भएको टोटनहम ३३ खेलबाट ६० अंकसहित पाँचौँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ४१ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु