इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी « Khabarhub

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

रोमाका लागि पाउलो डिबाला र टमी अब्राहम तथा नापोलीका म्याथियास ओभिभेरा र भिक्टर ओसिमहेनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको अवस्थामा दोस्रो हाफको ५९औँ मिनेटमा डिबालाले पेनाल्टी मार्फत गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ६५औँ मिनेटमा ओभिभेराले गोल गर्दै नापोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

यसैगरी ८४औँ मिनेटमा नापोलीका भिक्टरले गोल गर्दै टोलीलाई २–१ गोलले अघि बढाए । तर खेल सकिन एक मिनेट बाँकी छँदा अब्राहमले गोल गर्दै रोमालाई हारबाट जोगाउँदै २–२ को बराबरी गराए ।

यो बराबरीसँगै ३४ खेलबाट रोमा ५९ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ भने नापोली ५० अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट