चुलाचुलीमा भत्कियो कांग्रेसको गढ « Khabarhub

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको छ । यो पालिका विगतमा नेपाली कांग्रेसको गढ थियो, तर उपचुनावको मत परिणाममा कांग्रेस खुम्चिएर तेस्रो स्थानमा झ¥यो । कांग्रेसले आफ्नो गढको मत रक्षा गर्न नसक्नु उसका लागि निकै महंगो पर्ने देखिएको छ ।

चुलाचुली गाउँपालिकामा पहिलो दल रहेको कांग्रेस तेस्रोमा खस्केको छ भने एमाले र पहिचानवादी शक्ति लगभग समानान्तर रुपमा अगाडि देखा परेका छन् ।

कुल ६ वटा वडाहरु रहेको चुलाचुलीबाट एमालेका सुहाङ नेम्वाङले ३२६४ मत पाएका छन् । पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले चुलाचुलीबाट ३०९५ मत बटुलेर दोस्रो स्थान हासिल गरेका छन् । यो भनेको एमालेको भन्दा १६९ मत मात्रै कम हो ।

यो पालिकामा नेपाली कांग्रेस भने निकै तल छोडिएको छ । पालिकाभरिबाट कांग्रेसले पाएको मत २१३७ मात्र छ ।

समग्र इलाम क्षेत्र नम्बर २ मा जित निकाल्नका लागि कांग्रेस उम्मेदवार डम्बर खड्काले चुलाचुलीबाट एमालेको भन्दा बढी मत बटुल्न जरुरी थियो । चुलाचुली विगतमा कांग्रेसकै गढ पनि हो । तर, खड्काले यहाँबाट आफ्नो मत जोगाउन सकेनन् ।

याे पनि-

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

हुन त चुलाचुलीमा एमालेलाई माओवादीले सघाएको देखिएन । किनभने, ०७९ सालमा एमालेले यहाँबाट एक्लै ३७५५ मत पाएको देखिन्छ । उपचुनावमा सुहाङले ३२६४ मत मात्र पाए । यो तथ्यांकले भन्छ, चुलाचुली गाउँपालिकामा माओवादीको भोट एमालेमा ट्रान्सफर भएन ।

अघिल्लो चुनावको तथ्यांक हेर्ने हो भने त एमालेको भन्दा कांग्रेसले यहाँबाट ३ हजार बढी मत ल्याउनुपर्ने थियो । किनभने, गत स्थानीय चुनावमा कांग्रेसका राजेन्द्र केरुङले ६६५० मत पाएर पालिका अध्यक्ष जित्दा एमालेका ओमनरायण खनालले ३७५५ मात्र मत ल्याएका थिए । उपाध्यक्षमा एमालेकी दिलकुमारी लिम्बुले एक्लै ४४५० मत पाउँदा माओवादीका शुकबहादुर लावती ३४४२ मत ल्याएर हारेका थिए ।

गत स्थानीय चुनावको परिणाम-

चुलाचुलीको स्थानीय चुनावमा कांग्रेस र माओवादीको गठबन्धन भए पनि उपाध्यक्षमा कांग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादीले हारेर कांग्रेसले चाहिँ प्रमुखमा जितेको थियो । अर्थात् यहाँ माओवादी र कांग्रेसको गठबन्धन फापेको थिएन । अहिले एमाले र माओवादीको गठबन्धन पनि फापेन । किनभने, एमालेमा माओवादीको भोट थपिएन, बरु मुढाले ३०९५ भोट बटुल्यो ।

चुलाचुली गाउँपालिकाले दिएको सन्देश के हो भने यहाँ एमाले र माओवादी आपसमा मिल्दा पनि पहिचानवादी शक्तिको मुकाविला चुनौतीपूर्ण देखियो । किनभने माओवादीको साथ पाउँदा पनि सुहाङले चुलाचुलीबाट डकेन्द्रको भन्दा १६९ मत मात्र बढी पाए । यो भनेको एमाले भर्सेस पहिचानवादीको सघन प्रतिस्पर्धाको स्थिति हो ।

उपनिर्वाचनको परिणाम

गत स्थानीय चुनावमा वडा तहमा कांग्रेसको जित हेर्दा पनि यहाँ उसले अहिले पाएको क्षति असामान्य देखिन्छ । कुल ६ वटा वडाहरु रहेको यस पालिकामा कांग्रेसले ५ वटा वडाहरु जितेको थियो । एमालेले एउटा पनि वडाध्यक्ष जितेको थिएन । एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अर्थात् लिम्बुवानले जितेको थियो ।

तर, एउटै वडा नजितेको एमालेले उपचुनावमा ३२ सय मत बटुल्दा कांग्रेस २१ सय मतका साथ तेस्रो स्थानमा खुम्चियो ।

अर्को भाषामा भन्ने हो भने चुलाचुलीमा कांग्रेसको गढ भत्कियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ०३ बजे

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण