माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत « Khabarhub

माई नगरको वडा नम्बर ६ मा मुढालाई पहिलो मत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई नगरपालिका वडा नम्बर ६ को मतगणना सकिएको छ ।

इलाम २ अन्तर्गत पर्ने माईका ३ वटा वडामध्ये अहिले ६ नम्बर वडाको मतगणना सकिएको हो ।

माई वडा नम्बर ६ को मतगणना सकिँदा मुढा लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्र थेगिमले सर्वाधिक भोट पाएका हुन् ।

यहाँ थेगिमको पक्षमा ५५१ मत खसेको हो । थेगिमले पहिलो मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्बाङको पक्षमा माई ६ बाट ५४१ मत झरेको छ ।

उता नेपाली कांग्रेसका डम्बर खड्कालाई तेस्रो अर्थात् ३३४ मत झरेको छ । यहाँ रास्वपाका मिलन लिम्बूलाई ८४ मत झरेको छ ।

यसअघघि माङ्सेबुङ वडा नम्बर ५ मा पनि थेगिमलाई पहिलो मत झरेको थियो ।

यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास छ ।

माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको थियो ।

माङ्सेबुङ-५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको थियो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको थियो । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : २५ बजे

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण