रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने « Khabarhub

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट खोल्ने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सम्झौता हुने भएको हो ।

सवा अर्ब रुपैयाँ लागतमा बनाउने भनिएको रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ । रिसोर्ट बनाउन एक्सपर्ट ग्रुपका तर्फबाट सञ्‍जीव शर्मा र बद्री अर्याल तथा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्ने जानकारी दिएका छन्‌ ।

प्रस्तावअनुसार मुगुको छायाँनाथ नगरपालिकास्थित मुर्माटपमा ६० कोठा सहितको रिसोर्ट बनाइने छ । लक्जरी रिसोर्टले ८० रोपनी क्षेत्रफल ओगट्नेछ । सम्झौता भएको तीन महिनाभित्र निर्माणकार्य थाल्ने भनिएको रिसोर्टमा पहिलो चरणमा ४० र दोस्रो चरणमा २० कोठा बनाइने लगानीकर्ताहरूले बताएका छन्‌ ।

कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भनिएको रिसोर्ट समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहनेछ । रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्‍चालन ल्याइने लगानीकर्ताहरूले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०० बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण