रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने | Khabarhub Khabarhub

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खर्चेर लक्जरी रिसोर्ट खोल्ने भएको छ । काठमाडौंमा जारी लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच सम्झौता हुने भएको हो ।

सवा अर्ब रुपैयाँ लागतमा बनाउने भनिएको रिसोर्ट कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुने दाबी गरिएको छ । रिसोर्ट बनाउन एक्सपर्ट ग्रुपका तर्फबाट सञ्‍जीव शर्मा र बद्री अर्याल तथा रारा होल्डिङ्सका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गर्ने जानकारी दिएका छन्‌ ।

प्रस्तावअनुसार मुगुको छायाँनाथ नगरपालिकास्थित मुर्माटपमा ६० कोठा सहितको रिसोर्ट बनाइने छ । लक्जरी रिसोर्टले ८० रोपनी क्षेत्रफल ओगट्नेछ । सम्झौता भएको तीन महिनाभित्र निर्माणकार्य थाल्ने भनिएको रिसोर्टमा पहिलो चरणमा ४० र दोस्रो चरणमा २० कोठा बनाइने लगानीकर्ताहरूले बताएका छन्‌ ।

कर्णालीको स्थानीय संस्कृति झल्किनेगरी नेपाली डिजाइनमा निर्माण गरिने भनिएको रिसोर्ट समुद्री सतहदेखि तीन हजार ७०० मिटर उचाइमा रहनेछ । रिसोर्ट दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्‍चालन ल्याइने लगानीकर्ताहरूले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०० बजे

नेपाल उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन

रुस–युक्रेन युद्ध : करिब २ हजार बालबालिकाको मृत्यु

काठमाडौं– युनिसेफले सन् २०२२ को फेब्रुअरीदेखि रुस–युक्रेन युद्धमा करिब २

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल

आईपीएल : आज राजस्थान र पञ्जाव भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी