बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी « Khabarhub

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाउँदै लगेका छन् ।

सुरुदेखि नै कडा टक्कर चलिरहेको यहाँ अब साइपाल गाउँपालिकाको मात्रै मत गन्न बाँकी छ । यस्तोमा एमाले उम्मेदवार भण्डारीले ३४१ मतको अग्रता बनाउन सफल भएका हुन् ।

तलकोटको गाउँपालिकाको मत गनिसक्दा भण्डारीले ११ हजार १ सय २ मत ल्याउँदा सिंहले १० हजार ७ सय ६१ मत पाएका छन् ।

सुरुवाती मतगणना एमाले उम्मेदवार भण्डारी अगाडि थिए । तर त्यसपछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढेका थिए ।

मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरि अग्रता बनाएका हुन् ।

हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९० मत पाएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ मत ल्याएका छन् । अब यहाँ साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । साइपालमा पनि एमालेले आफ्नो पकड रहेको दाबी गरिरहेको छ ।

ताजा अवस्था
सूर्य : १११०२
रुख : १०७६१
मतान्तर : ३४१

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०४ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ