बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी « Khabarhub

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाउँदै लगेका छन् ।

सुरुदेखि नै कडा टक्कर चलिरहेको यहाँ अब साइपाल गाउँपालिकाको मात्रै मत गन्न बाँकी छ । यस्तोमा एमाले उम्मेदवार भण्डारीले ३४१ मतको अग्रता बनाउन सफल भएका हुन् ।

तलकोटको गाउँपालिकाको मत गनिसक्दा भण्डारीले ११ हजार १ सय २ मत ल्याउँदा सिंहले १० हजार ७ सय ६१ मत पाएका छन् ।

सुरुवाती मतगणना एमाले उम्मेदवार भण्डारी अगाडि थिए । तर त्यसपछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढेका थिए ।

मतगणनाको अन्तिमतिर आइपुग्दा भण्डारीले फेरि अग्रता बनाएका हुन् ।

हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९० मत पाएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ मत ल्याएका छन् । अब यहाँ साइपाल गाउँपालिकाको मात्रै मतगणना बाँकी छ । साइपालमा पनि एमालेले आफ्नो पकड रहेको दाबी गरिरहेको छ ।

ताजा अवस्था
सूर्य : १११०२
रुख : १०७६१
मतान्तर : ३४१

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०४ बजे

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्

विराटनगरमा दुई खाद्य उद्योगविरुद्ध मुद्दा

काठमाडौं – विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले न्यून

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०