चुरे पहाडका अधिकांश वनमा डढेलो « Khabarhub

चुरे पहाडका अधिकांश वनमा डढेलो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ ।

सामुदायिक वनका उपभोक्ताले अग्निरेखा बनाएर आगो नियन्त्रणको प्रयास गरे पनि चुरेको सुख्खा तथा भिरालो भू–बनोट तथा तीव्र गतिमामा चल्ने हावाका कारण डढेलो नियन्त्रणमा लिन मुस्किल भएको स्थानीयको भनाइ छ ।

चुरे गाउँपालिका—३ का डबलबहादुर शाहले डढेलोका कारण बहुमूल्य सालका बिरुवालगायत वन पैदावर नष्ट हुनुका साथै वन्यजन्तुको बासस्थानमा समेत गम्भीर असर परेको बताए । वन कर्मचारीलाई डढेलोबारे जानकारी दिँदासमेत आगो निभाउन कुनै पहल नभएका कारण डढेलो थप फैलिँदै गएको उनको गुनासो छ ।

चुरे—४ का स्थानीय प्रेमबहादुर गुरुङले उम्रिन डढेलो नियन्त्रणका लागि स्थान र भूबनोटअनुसार रणनीति बनाएर कार्यान्वयन गर्न जरुरी रहेको बताए ।

डिभिजन वन कार्यालय धनगढीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने चुरेको भू—बनोटले गर्दा स्थानीय साधन स्रोत र पुरानै प्रविधिले डढेलो नियन्त्रण गर्न नसकिएको बताए । गर्मीयाममा जताततै डढेलो फैलिएको र साधनस्रोतको अभावकाबीच मानवीय जनशक्तिको प्रयोग गरी आगो नियन्त्रण गराउँदा बढी जोखिम हुने हुँदा सो क्षेत्रमा जान समस्या भएको उनको भनाइ छ ।

वन कार्यालयले गर्मीयाममा डढेलो नियन्त्रणका लागि जिल्लास्तरीय वन डढेलो नियन्त्रण योजना तयार गरी जनचेतनामूलक क्रियाकलापमा जोड दिने गरेको भने पनि प्रभावकारी हुन नसकेको आरोप छ ।  कैलालीमा झन्डै छ सय सामुदायिक वनमध्ये चुरे र मोहन्याल गाउँपालिकामा मात्रै ७० वटा सामुदायिक वन रहेका  जिल्ला वन कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ५९ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको