दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले जित्यो सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड « Khabarhub

दादासाहेब फाल्के चित्रनगरीमा सत्यराजको ‘बिच्छेद’ले जित्यो सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले ‘दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४’ मा सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड जितेको छ ।

मुम्बईको चिन्ता टावरस्थित गत शनिबार सम्पन्न भएको कार्यक्रममा फिल्मको निर्मात्री सावित्री बज्राचार्य अवार्ड ग्रहण गरेकी हुन् । उनले अवार्ड प्रदान गरेकामा खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत आयोजकलाई धन्यवाद दिएकी छन् ।

यो फिल्मले गत साता रामेछापमा सम्पन्न ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव- २०८०’मा  सर्वोत्कृष्ट फिल्म जुरी अवार्डसमेत जितेको थियो ।

यस फिल्ममा अभिनेता मुकुन भुसाल र अभिनेतृ लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको  छ । सामाजिक विषयमा बनेको यस फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा सन्तोस गिरी र प्रविन राजथला छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ३ : ५१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण