राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु) « Khabarhub

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध गरेको छ ।

ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौंको माइतीघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिरोधका क्रममा विभिन्न समुदायले आफ्नो पहिचान सहितको सांस्कृतिक र्‍याली निकालेका थिए ।

सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान प्रदर्शन गर्ने क्रममा राज्यले गरेको हस्तक्षेप समग्र पहिचानवादीको अपमान भएको बताए।

उनले उक्त घटनामा दोषीलाई माफी मगाउनुपर्ने र क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई बेवास्ता गरेकाले सांस्कृतिक प्रतिरोध गर्नुपरेको धारणा राखे ।

यसअघि राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनका क्रममा विभिन्न धर्मालम्वीमाथि राज्यले दमन गरेको भन्दै सांस्कृतिक प्रतिरोधको आयोजना गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ४६ बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव