संसारका हरेक राजनीतिक परिवर्तन पक्कै केही आशा र अपेक्षाका साथ हुन्छन्। ठुला राजनीतिक परिवर्तनसँग आम मानिसले भोगेको यातना, ज्यादती र जीवनको जोखिम जोडिएको हुन्छ। राजनीतिक परिवर्तनपछि परिवर्तनका लागि लड्ने पूर्ण रूपमा खुसी हुन सक्छन् भन्ने पक्कै होइन।
तीन दशक अघि अफ्रिकामा अफ्रिकन नेसनल काँग्रेसप्रति आशा, विश्वास र भरोसा थियो। भरोसाको मियो बनेका थिए, नेल्सन मन्डेला। आजको दिन मन्डेला यो संसारमा छैनन्। मन्डेलाको दल माथिको भरोसा पनि विगतको जस्तो छैन।
दक्षिण अफ्रिकामा चिसो याममा सहनै नसक्ने जाडो हुन्छ। गृष्म याममा उखरमाउलो गर्मीले सताउँछ। कुरा यत्तिमा सीमित छैन, वसन्त ऋतुको समयमा अथवा अप्रिल र मे महिनामा त यसरी हावा चल्छ कि छारो उडेर रुखका पातहरू पनि खैरो देखिन्छन्।
तीन दशक अघि अफ्रिकामा अफ्रिकन नेसनल काँग्रेसप्रति आशा, विश्वास र भरोसा थियो। भरोसाको मियो बनेका थिए, नेल्सन मन्डेला। आजको दिन मन्डेला यो संसारमा छैनन्। मन्डेलाको दल माथिको भरोसा पनि विगतको जस्तो छैन।
रङ्गभेदी दक्षिण अफ्रिकाले आफूलाई मुक्त राख्दै पहिलो पटक सन् १९९४ मा मतदान गरेको थियो। मतदानको समयमा राजधानी जोहन्सवर्गको मूल सहर बाहिर एउटा सुकुम्वासी बस्ती थियो। त्यो मतदानको समयमा उनीहरूको आशा र भरोसाको केन्द्र बनेको थियो, अफ्रिकन नेसनल काँग्रेस। अहिले त्यो भरोसा टुटेको छ। उनीहरूले आफ्नो आदर्श ठान्ने नेल्सन मन्डेला यो संसारमा नै छैनन्।
इतिहासको कुनै कालखण्डमा त्यो एउटा बस्तीले मन्डेलाको आदर्श बोकेको थियो। परन्तु सन् १९९० पछि पनि त्यो बस्तीले संवेदना हराएको सङ्केत गरेको थियो। पहिलो पटक मतदान गर्नेहरू अहिले पाको भइसकेका छन्। दक्षिण अफ्रिकामा अहिले रङ्गभेद छैन। समानताको कानुन छ। कुनै राजनीतिक दलमा लाग्नका लागि छुट छ। तर, जीवनस्तर हिजोको भन्दा खासै फरक छैन।
३० वर्ष अघि अफ्रिकी नेसनल काँग्रेस (एएनसी) को नेतृत्व मन्डेलाले गरेका थिए। ३० वर्षपछि मन्डेला छैनन्। उनको दल एएनसी सत्तामा यथावत छ। तर अहिलेको एनसीसी भरोसा गुमाएको एनसिसी बनेको छ।
३० वर्ष अघिको केही अवस्था यहाँ वर्णन गरिएको छ। त्यहाँ आवासको राम्रो व्यवस्था छैन। साना बालबालिका विद्यालयको युनिफर्ममा अघि बढी रहेको दृश्यले बच्चाको भविष्य प्रतिको चेतना प्रस्ट देख्न सकिन्थ्यो
त्यसै बस्तीकी कायन्थीयाका सात सन्तान छन्।
उनको श्रीमान् धेरै वर्षअघि त्यहाँबाट हराएका हुन्। त्यसपछि उनको अत्तोपत्तो भएन। प्रत्येक दिन उनी सहित त्यहाँका बासिन्दाले केही काठ गाडेर आफ्नो वासस्थानको तयारी गर्ने गरेका थिए। यसको उद्देश्य प्रस्ट थियो। सरकारले त्यहाँ केही पनि गर्नसक्छ। यसरी गाडेर त्यहाँ अड्डा जमाएर बस्नुको तात्पर्य के हो भने कुनै पनि समय बस्ती उजाडिन पनि सक्छ।
प्रत्येक दिन घर आएपछि आफ्नो सामानको व्यवस्था गरेर राम्रोसँग पाल टाँगेर बस्नु पर्ने बाध्यता उनको छ। तिनीहरूको बस्तीमा धेरै पटक अश्रुग्याँस प्रहार भएको थियो। धेरै पटक रबरको गोली प्रहार गरिएको थियो। तथापि उनीहरूको जीवनको आशा त्यहीँ हो।
उनलाई पनि गोरा छाला हुनेहरू जस्तै राम्रो घरमा बस्न मन नलागेको होइन। उनको अवस्था त्यस्तो छैन। फोहोरको डङ्गुरमा सामान जम्मा गरेर बेच्दै हिँड्नु उनको नियति नै हो।
लाखौँ गरिब दक्षिण अफ्रिकी प्रतिनिधि मूलक पात्र कायन्थियाकाको जन्म सन् १९४६ मा भएको हो। त्यसको दुई वर्षपछि अफ्रिकार्नर राष्ट्रवादी दल सत्तामा उपस्थित भएर रङ्गभेदी शासन लागू गरेको थियो।
त्यसपछि दक्षिण अफ्रिकामा रङ्गभेदलाई कानुनी मान्यता नै दिइएको थियो। त्यस समयमा अश्वेत माथिको बर्बरता र यातनाको सुरुवात भएको थियो। त्यहाँ आदिवासीको पहिचान बोकेका केही अश्वेतलाई सामान्य स्वतन्त्रता थियो। त्यसै समयमा मानिस रङ्ग छुट्टाउने कानुन नै थियो। कपालमा पेन्सिल छिराइन्थ्यो। त्यो विना कुनै अवरोध पार गरे त्यो श्वेत जाति मानिन्थ्यो। त्यसले पार गर्न नसके अश्वेत मानिन्थ्यो।
केयन्थियासँग राज्यले नै दोस्रो दर्जा ठहर गरेको नागरिक भएर बाच्नु परेको समयको धेरै पीडाहरू छन्। एक दिन कुनै घरमा उनी काम गरीरहेकी थिइन्। सबैलाई खान दिइसकेर बाँकी रहेको खाना खानका लागि ठिक्क पारेर राख्दा उनलाई मालिक्नीले आएर त्यो अधिकार नभएको बताएकी थिइन्। ‘नोकरहरू घरको कुकुरजस्तै हो। सबैले खाएपछि खाने अधिकार छ,’ मालिक्नीले भनेको उनलाई अझ याद छ।
केयन्थिया मेथवे जस्ता लाखौँलाई मन्डेलाले सन् १९९० खुला जीवनमा प्रवेश पाएपछि जमिन उपलब्धि दिलाउने प्रतिबद्धता गरेका थिए। तीन वर्षपछि नोबेल पुरस्कार ग्रहण गर्ने क्रममा अफ्रिका स्वर्गको परी भएको बताए।
मन्डेलाको ज्यान गएको दशक नाघेको छ। अफ्रिकामा निर्वाचन नजिक आइरहेको छ। सन् २०२४ को निर्वाचन आइ नै सकेको छ। यस बिचमा एएनसीको लोकप्रियता विगतको भन्दा धेरै घटेको छ।
दक्षिण अफ्रिकामा सामाजिक असमानता व्याप्त छ। धनी र गरिब बिचको खाडल एकदमै धेरै छ। जीवन यापनमा समस्या भोग्ने धेरै छन्। धेरै सर्वेक्षणले एएनसीले सन् १९९४ देखि राख्दै आएको पकड धेरै हदसम्म गुमाउने सम्भावना देखाएको छ।
३० वर्षमा केयन्थिया जस्ता धेरैको जीवनमा परिवर्तन आएको छ। त्यो परिवर्तनका बिच झुपड बस्तीबाट एउटा सामान्य घरमा केयन्थिया सरेकी छिन्। ३० वर्ष अघिको भन्दा फरक छ। केयन्थियाको पारिवारिक जीवनमा परिवर्तन आएको छ। बुढ्यौलीले समाएको छ। त्यसै समय उनका छोराछोरी सबै जना कमाइ गर्ने भएका छन्। एक जनाको रक्सी सेवन गर्नेहरूले ज्यान नै लिए। केयन्थियामा आएको यो परिवर्तन उनको आफ्नै मेहनतका कारण हो। यो परिवर्तनमा उनले जीवनमा गरेको धेरै ठुलो सङ्घर्षको कथा जोडिएको छ।
अहिले दक्षिण अफ्रिकाको अवस्था फरक छ। बेरोजगारी दर ३० प्रतिशतले नाघेको छ। क्राइम रेट अफ्रिकाकै उच्च हुने दर छ। गएको वर्ष मात्र २५ हजारको हत्या भएको थियो ।
केयन्थियाको अझै सरकार प्रति आक्रोश छ। सरकारले नागरिक प्रति केही गर्न नसकेको गुनासो छ। सन् १९९० मा मन्डेलालाई समर्थन गर्न पाउँदा यो परिवारलाई गर्वको महसुस हुने गरेको थियो। अहिले दक्षिण अफ्रिकाको अवस्था फरक छ। बेरोजगारी दर ३० प्रतिशतले नाघेको छ। क्राइम रेट अफ्रिकाकै उच्च हुने दर छ। गएको वर्ष मात्र २५ हजारको हत्या भएको थियो । केयन्थियाकै छोरालाई झन्डै आतङ्ककारीले मारेका थिए।
एउटा परिवारको कहानी सिङ्गो दक्षिण अफ्रिकी समाजको प्रतिनिधित्व हुनसक्छ या सक्दैन फरक हो। यो सत्य हो कि सन् १९९० संसारमा राजनीतिक परिवर्तनको समय थियो। त्यो समयले ल्याएको राजनीतिक परिवर्तनले धेरै देशमा जनजीविकाको सवालमा भने कुनै पनि परिवर्तन नल्याएको हुनसक्छ।
स्रोत : बिबिसी
प्रतिक्रिया