कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ « Khabarhub

कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए ।

कार्कीले रिटमा मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् ।

उक्त रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो भने जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश दिएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिए पछि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ३१ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।