हरित करको सुरुवात, कर नबुझाएकालाई फागुनसम्म छुटको सुविधा | Khabarhub Khabarhub

हरित करको सुरुवात, कर नबुझाएकालाई फागुनसम्म छुटको सुविधा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नयाँ आर्थिक विधेयकमार्फत नयाँ ‘हरित कर’को सुरुवात गरेको छ । खासगरी कार्बन उत्सर्जन गर्ने सामग्रीहरुमा भिन्न कर थप गरेर सरकारले हरित करको सुरुवात गरेको हो ।

नेपाल भित्र पैठारी हुने वस्तुमा भन्सार विन्दुमा नै हरित कर लगाउने सरकारले आार्थिक विधेयकमा उल्लेख गरेको छ । सो कर लाग्नेमा कोइला, आन्थ्रसाइट, ब्रिकेट, मोटर स्पिरिट, केक्जेन, हाइ स्पिड डिजेल लगायत दर्जनौं प्रकारका सामग्री रहेका छन् ।

सरकारले आर्थिक विधेयकमार्फत् मूल्य अभिवृद्धि कर र आयकर उठाउन लचक नीति अख्तियार गरेको देखिएको छ । सरकारले विधेयकमा २०८० असार मसान्तसम्म मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने करदाताले बुझाउनुपर्ने कर र ब्याजको ५० प्रतिशत रकम २०८१ फागुन मसान्तसम्म बुझाएमा जरिवाना थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरेको छ ।

त्यस्तै, लेखा नम्बर नलिएको व्यक्तिले विगतका आर्थिक वर्षमा नै बुझाउनुपर्ने आय विवरण र सो अनुसारको कर नबुझाएको भएमा आगामी फागुन मसान्तसम्म बुझाएमा ब्याज र जरिबाना मिनाहा हुने व्यवस्था गरेको छ ।

ऐनमा नेपालमा भ्याटमा दर्ता भएका तर, गत जेठ १५ देखि असोज मसान्तसम्म कर नबुझाएका अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायकले आगामी असार मसान्तसम्म दर्ता गरेर कर बुझाएमा ब्याज र जरिवाना मिनाहा हुने व्यवस्था विधेयकमा छ । साथै, विधेयकले ढुवानी सेवाको कारोबार गर्नेलाई पनि आगामी मंसिर सम्म सहुलियतको व्यवस्था गरेको छ ।

सरकारले विरोध हुँदै आएको आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा भ्याटलाई खारेज गरेको छ । भ्याट निर्धारण भएरपनि नबुझाएको भएमा पनि ती वस्तुमा कर, जरिवाना र ब्याज सबै मिनाहा हुने व्यवस्था विधेयकले गरेको छ । सरकारले आर्थिक ऐनमार्फत् विभिन्न प्रकारका फलफूलका जुसहरुमा प्रतिलिटर ५० पैसा कर वृद्धि गरेको छ ।

साथै, सरकारले विधेयकमार्फत् अल्कोहलजन्य पेय पदार्थ र केही जुसमा पनि करमा हेरफेर गरेको देखिएको छ । अल्कोहल नभएको वियरमा प्रतिलिटर १० र इनर्जी ड्रिंक्समा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, विधेयकले अल्कोहलको मात्राअनुसार वियर, वाइन र विभिन्न प्रकारका रक्सीहरुमा अल्कोहलको मात्राअनुसार कर वृद्धि गरेको छ ।

सधैँका वर्षमा कर वृद्धि हुँदै आएको सुर्तीरहित पान मसला र सुगन्धित सुपारीमा यसपटक प्रतिकिलो २५ र १० रुपैयाँको दरले कर वृद्धि भएको छ । सुर्तीजन्य पदार्थमध्ये चुरोटमा फिल्टर भएको, नभएको र लम्बाइका आधारमा कायम भएका फरक फरक करमा भिन्न किसिमले वृद्धि गरेको छ । सुर्तीमा पनि विभिन्न मात्रका आधारमा कर वृद्धि गरेको छ ।

त्यस्तै, सरकारले आर्थिक विधेयकमार्फत सवारी साधनमा लगाउँँदै आएको करमा पनि सरकारले हेरफेर गरेको छ ।

यो पनि…
ईभीमा अब ८० प्रतिशतसम्म भन्सार शुल्क, ५० प्रतिशत अन्तःशुल्क

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ९ : ३४ बजे

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान