गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी न्यायाधीश पोखरेलको इजलासमा « Khabarhub

गृहमन्त्री लामिछानेविरुद्ध रिटको पेसी न्यायाधीश पोखरेलको इजलासमा


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै गत सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

अधिवक्ता भट्टराईले लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको पत्र पठाएपछि अधिवक्ता भट्टराईले गृहमन्त्री र महान्याधिवक्ताविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए। तर, अदालत प्रशासनले उक्त रिट दरपीठ गरेपछि भट्टराईले अर्को रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश दिएको थियो।

रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ।

 

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : ०२ बजे

पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’

फिक्कल– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

चितवन– नेपाली कांग्रेस चितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश

एनपीएल : सर्वाधिक रनमा विनोद र रोहितको प्रतिस्पर्धा, कसले जित्ला कार ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको फाइनल बाँकी

पाहुनाक पर्खाइमा ‘मुदीगाउँ’

म्याग्दी– पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

सिरहा– नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका