सेती अस्पातालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप | Khabarhub Khabarhub

सेती अस्पातालमा नवजात शिशुको मृत्यु, अस्पतालले लापरबाही गरेको आरोप


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–७ की शारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो । भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिएकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो ।

आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन ।

सेती अस्पतालमा सो विषयमा बैठक हुने भएको छ । बैठकपछि मात्र नवजात शिशुको मृत्युको कारण अस्पतालले बनाउने सूचना अधिकारी किशोर श्रेष्ठले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’