अर्थमन्त्रीले भने : हामी दबाबमा थियौँ, बजेट सन्तुलित रहेको प्रतिक्रिया पाएँ « Khabarhub

अर्थमन्त्रीले भने : हामी दबाबमा थियौँ, बजेट सन्तुलित रहेको प्रतिक्रिया पाएँ


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सत्ता गठबन्धन फेरबदलका कारण हतारमा बजेट निर्माण गर्नुपरेको बताएका छन् ।

गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण बनेपछि अर्थमन्त्रीको जिम्मेवारी पाएका पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका छन् ।

उक्त बजेटबारे उठेका प्रश्नको जवाफ र करसहितका अन्य मुद्दाबारे जवाफ दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरूले दबाबबीच मिहिनेत गरेर बजेट ल्याएको बताए ।

‘बजेट तयारीका क्रममा हतारोजस्तो थियो । तर हामी सबै रिल्याक्स मुडमै छौं’, उनले भने, ‘सोमबार बिहान साढे ३ बजेसम्म मन्त्रालयमै थिएँ । त्यसपछि गएर सुतेँ । अर्थसचिवलले म्याट्रेस ल्याउनुभएको रहेछ, यहीँ (मन्त्रालयमै) सुत्नुभयो ।’

उनले बजेट आउने-नआउने शंकाबीच आफूहरू सफल भएको बताए । ‘बजेट नै आउने/नआउने टुङ्गो थिएन’, उनले भने, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।’

पुनले आफूहरू दबाबमा रहेर बजेट ल्याएको बताए । ‘हामी दबाबमा थियौं । चालू वर्षका प्रक्षेपण मिलिरहेका थिएनन्, छैनन्’, उनले भने, ‘दबाबबीच पनि बजेट तथ्यमूलक बनाउने मेरो जोड थियो ।’

अर्थमन्त्री पुनले आम जनतन, व्यवसायी र उद्यमीमा आशा जगाउने प्रयासस्वरुप बजेट ल्याएको पनि बताए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका