अर्थमन्त्रीले भने : हामी दबाबमा थियौँ, बजेट सन्तुलित रहेको प्रतिक्रिया पाएँ « Khabarhub

अर्थमन्त्रीले भने : हामी दबाबमा थियौँ, बजेट सन्तुलित रहेको प्रतिक्रिया पाएँ


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सत्ता गठबन्धन फेरबदलका कारण हतारमा बजेट निर्माण गर्नुपरेको बताएका छन् ।

गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण बनेपछि अर्थमन्त्रीको जिम्मेवारी पाएका पुनले मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका छन् ।

उक्त बजेटबारे उठेका प्रश्नको जवाफ र करसहितका अन्य मुद्दाबारे जवाफ दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफूहरूले दबाबबीच मिहिनेत गरेर बजेट ल्याएको बताए ।

‘बजेट तयारीका क्रममा हतारोजस्तो थियो । तर हामी सबै रिल्याक्स मुडमै छौं’, उनले भने, ‘सोमबार बिहान साढे ३ बजेसम्म मन्त्रालयमै थिएँ । त्यसपछि गएर सुतेँ । अर्थसचिवलले म्याट्रेस ल्याउनुभएको रहेछ, यहीँ (मन्त्रालयमै) सुत्नुभयो ।’

उनले बजेट आउने-नआउने शंकाबीच आफूहरू सफल भएको बताए । ‘बजेट नै आउने/नआउने टुङ्गो थिएन’, उनले भने, ‘तर अहिले बजेट सन्तुलित आएको प्रतिक्रिया प्राप्त भएको छ, हामी खुशी छौँ ।’

पुनले आफूहरू दबाबमा रहेर बजेट ल्याएको बताए । ‘हामी दबाबमा थियौं । चालू वर्षका प्रक्षेपण मिलिरहेका थिएनन्, छैनन्’, उनले भने, ‘दबाबबीच पनि बजेट तथ्यमूलक बनाउने मेरो जोड थियो ।’

अर्थमन्त्री पुनले आम जनतन, व्यवसायी र उद्यमीमा आशा जगाउने प्रयासस्वरुप बजेट ल्याएको पनि बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : २७ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग