बजेट निर्माणबारे अर्थमन्त्री : म बिहान ३ बजेसम्म खटिएँ, सचिवजी मन्त्रालयमै म्याट्रेसमा सुत्नुभयो « Khabarhub

बजेट निर्माणबारे अर्थमन्त्री : म बिहान ३ बजेसम्म खटिएँ, सचिवजी मन्त्रालयमै म्याट्रेसमा सुत्नुभयो

भने : निजी क्षेत्र र प्रतिपक्षीको प्रतिक्रियाले हामी खुशी छौं


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले निकै मिहिनेतसाथ रातभर नसुतेर बजेट निर्माण गरेको बताएका छन् ।

मंगलबार संसद्मा प्रस्तुत गरिएको बजेटमा आएको प्रतिक्रियाले खुशी भएको पनि उनले बुधबार गरेको पत्रकार सम्मेलनमा बताएका छन् ।

‘म बिहा ३ बजेसम्म यहीँ (मन्त्रालयमै) थिएँ । बिहानपख गएर एकछिन सुतेर बजेट प्रस्तुत गर्ने तयारीमा लागेको हुँ, सचिवहरु यहीँ घरबाट ल्याएको म्याट्रेसमा सुत्नुभएको रहेछ’, उनले भने, ‘निजी क्षेत्र र प्रतिपक्षी दलको प्रतिक्रिया हेर्दा यो बजेट सन्तुलित आएछ भन्ने सुन्न पाउँदा हामी खुशी छौँ ।’

अर्थमन्त्री पुनले केही प्राविधिक कमजोरी रहे पनि बजेट वस्तुपरक बनाउन सफल भएको बताए ।

‘हामीले करका दर हेरफेर गर्दा तीन महले बनाएर गर्छौं भनेका थियौँ, केही प्राविधिक कमजोरी हुनसक्छ, केही कुराबाहेक तपाईंहरूसँग ढुक्कले कुराकानी गर्नसक्ने अवस्थामा छौँ’, उनले भने, ‘निश्चय पनि हामी निकै दबाबमा थियौँ । गतवर्षका प्रक्षेपण मिलिरहेका थिएनन् र छैनन् । त्यसैले कसरी बजेटलाई वस्तुपरक बनाउने भन्नेमा मेरो जोड थियो ।’

बजेटले व्यवसायी र उद्यमीमा आशा जगाउने प्रयत्न गरेको उनले बताए । पुनले नेपालको भौगोलिक अवस्थितिअनुसारको के कुरामा देशलाई प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर खोजी गरेको बताएका छन् ।
उनले अहिलेसम्मको आर्थिक सुधारका क्रममा भएका कमजोरीको हल गर्न उच्चस्तरीय आयोग बनाएर त्यसको सुझावका आधारमा अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब