स्पञ्ज आइरनमा समस्या देखिएपछि भन्सार दर पुनरावलोकन गर्‍यौँ : अर्थमन्त्री « Khabarhub

स्पञ्ज आइरनमा समस्या देखिएपछि भन्सार दर पुनरावलोकन गर्‍यौँ : अर्थमन्त्री


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय विवादित बनिरहेको स्पञ्ज आइनरमा यसअघि समस्या देखिएकैले भन्सारदर पुनरावलोकन गरिएको बताएका छन् ।

मंगलबार संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बुधबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रमा उनले यस्तो जवाफ दिएका हुन् ।

‘स्पञ्ज आइरनमा पहिले धेरै विचलन आयो भन्ने निष्कर्ष रह्यो । यसलाई ठीक गर्न भन्सारदर पुनरावलोकन गरिएको हो’, उनले भने,‘कोही मन्त्री या कर्मचारीले कुनै उद्योग या उद्योगीको अनुहार हेरेर निर्णय गर्न मिल्दैन ।’

कोही मन्त्री भनेर उनले यसअघिका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरतिर कटाक्ष गरेका थिए । ‘हामीले व्यक्तिविशेष या उद्योग विशेषभन्दा पनि नीति हेर्ने हो’, उनले भने, ‘स्क्य्राप -१ स्पञ्ज- २.५ बिलेट-५ सहित तीन स्ल्याबमा कर निर्धारण गरिएको हो । सबै उद्योग प्रतिष्पर्धी हुन्छन् भन्ने हाम्रो मान्यता हो ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : ०१ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना